0 COMMENTS
कमलराज श्रेष्ठ

 नेपालको राजनितिको परिघटनालाई नियाल्ने हो भने हरेक १० देखि १५ बर्षभित्र नयापुस्ताको आगमन संगै राजनितिक बृतमा नया तरंग पैदा भएको पाइन्छ। सामन्य दृष्टिले यसलाई नै गौण गर्ने हो भने पनि दस बर्षे जनयुद्धले जन्माएको जन आन्दोलन२ ०६२/६३का पुस्ताले जन्माएको मुद्धाहरु आज ०७२ सम्म आइपुग्दा एकप्रकारले फिका सावित भै अर्को पुस्तामा नयाँ विचार, दृष्टिकोण र आवश्यक्ताले फरक स्थान बनाईसकेको सत्यलाई नकार्दा गलत हुनेछ।यद्यपि यस देसका नेतृत्वहरुले स्वार्थवश क्षणिक उत्साह प्राप्तिको लागि उठाइएको जातिय पहिचान, संघियता, प्रदेश र धर्म जस्ता विखण्डनकारी मुद्धाहरु लगभग दस बर्षपछी व्यवहारमा उतार्न खोज्दा अहिले जनतामा व्यापक असन्तुष्टी पैदा भएको सबैमा जगजाहेर छ।

यो असन्तुष्टी कुनै एक पक्ष सरोकारवालाको होइन जहाँ ०६२/६३ सालमा जुन विचार र दर्शनका झण्डाहरु फहराउँथे आज पनि तीनै झण्डाहरु असन्तुष्टिको प्रतिनिधित्व गरिरहेकाछन। आम जनतामा राजनितिक नेतृत्वहरुप्रती वितृष्णा,घृणा भाव पैदा भएको छ।जसले देशलाई सम्बृद्धी र समनता दिन्छु भन्दै जनताका छोरा ,छोरि हरुलाई युद्धको अग्निकुण्डमा धकेलेका कारण हजारौंले ज्यान गुमाए,हजारौं अपाङ्ग भएर दयनिय जीवन यापन गर्न बाध्य छन,हजारौं युवायुवतिहरुको जीवन उजाड भएर बाध्य भै जीवन गुजरा गर्न बिदेस पलायन हुनु परेकोछ। जसले सुन्दर सपनाहरु देखाए आज तीन कै सन्ततिहरु आलिशान अपार्टमेन्ट्मा चिल्लो गाडी चढ्दै नवधनाढ्यहरुको लिस्टमा सुचिकृत भइरहेछ।

यता बिकासको नीति गरिबको झुपडी हेरेर बनाउनु भन्ने विपिको समाजवाद, भट्टराई बाको ट्याङ्कामा थन्क्याउँदै र मदन भण्डारिको नौलोजनवाद लाई ढाल बनाई भागवण्डा, भ्रस्टाचार, दण्डहिनता र डनवादलाई संस्थागत गर्दै सत्ताप्राप्तिको हारजीतमा अधिकाँश समय बिताएको सत्यलाई पनि अब जनताले भुल्ने छैन। यस्तै विविध बाध्यात्मक परिस्थितिले स्वदेसमा नै गरिखान चाहने देशभक्त उर्जाशील युवाहरुलाई पराईको गुलामी गर्न बाध्य बनाइयो र यस्तै पिडित सच्चा देशभक्त युवाहरुले प्रवासबाट नै देशमा शान्ती, निकास र बिकासको लागि अब हामिले नै गर्नु पर्छ भन्ने मुलसिद्धान्तमा रहेर स्वदेसका देसभक्त युवाहरुकासाथ नयाँ शक्ती नेपाल जन्मिन बाध्य भयो।

तसर्थ नयाशक्ती नेपाल केवल कुराको खेती गरेर जनतालाई भ्रम पारी बहकाउन चाहँदैन।नयाँशक्ती नेपाल जनताले विश्वास गर्न सक्ने सकरात्मक परिवर्तनको लागि रचनात्मक कार्य गर्न चाहन्छ। र नयाँशक्ती नेपालले राजनिती खोज्दैन तर राजनितिले नयाँशक्ती नेपाललाई खोज्ने परिस्थिती सृजना गराउन जनताको भावना, चाहना र विचार अनुकुल कार्य गर्न प्रयत्न गर्नेछ।निकट भविष्यमा नै नयाँशक्ती नेपाल राजनितिक पार्टिको रुपमा होइन, लोकतन्त्रलाई संस्थागत गर्न जनताले चाहे जस्तो नागरिक राज्य स्थापनार्थ महान अभियान लिएर देशव्यापिरुपमा प्रस्तुत हुँदैछ।

नयाँशक्ती नेपाल स्वयं देशमा बिद्यमान कुनै पनि अतिवाद(संघियता, पहिचान, प्रदेश र धर्म)को वकालत गर्दैन तर विवादित मुद्धाहरु जनताले नै निर्णय गर्न पाउनु पर्छ,जनताले निर्णय गरेको जुनसुकै सिद्धान्त होस,अल्पमतको सुरक्षण हुन सक्ने गरि स्वीकार्नेछ।नयाशक्ती नेपाल वर्ग र क्षेत्रगतरुपमा आवश्यक्तानुसार अवसर र बिकासको पुर्बाधार तयार गर्न चाहन्छ। आजसम्म देशमा नेतृत्वहरुले जनतालाई मोहरा बनाई रहेको सत्यलाई नकार्न सक्दैनौं तर नयाँ शक्ती नेपाल जनतामा उच्चस्तरको जनचेतना पैदा गराउन चाहन्छ, जसले उ स्वयं आत्म निर्णय गर्न सक्षम होस भन्ने पुर्बाधार निर्माण गर्न चाहन्छ।

यदि जनतालाई बिद्यमान राजनितिक शक्तिहरुले जनतालाई मोहरा नबनाउदो हो त आज देशमा यो परिस्थिती सृजना हुने थिएन।तसर्थ पनि हाम्रो चेतनाको स्तर अझै पनि सिमित व्यक्तिहरुको मास्टर माईण्डले शासन गर्न सक्ने प्रकृतिको छ भन्दा गलत नहोला।परिणाम आज संबिधानको नाममा प्रदेस मात्र किटान हुंदा त यो अवस्था छ भने संविधान नै जारी गर्दा यो देशको स्थिती कस्तो रहला ? हामिले राणाकाल,पन्चायतकाल, बहुदलकाल र गणतन्त्रकाल सम्मको स्थिती हेरिसक्यौं।सबै प्रकारका सापटिवादलाई प्रयोग गरि सकेकाछौं। तापनी समस्याजस्ताको तस्तै,अझ चर्किरहेछ। हो, चाणक्यले भने जस्तो मान्छेको आयुको अबधिमा अनुभव गरेर गर्न सम्भव छैन,तर बिगतमा अरुले गरेका गल्तिहरुबाट सिकेर गर्न सम्भव छ।यहि सत्यलाई नयाँ शक्ति नेपालकाअभियन्ताहरुले स्वीकारी सकेकाछौं।देशमा विद्यमान समस्याको जड पत्ता लगाई सकेकाछौं र त नयाँ शक्ती नेपालको साझा मन्चमा अथाह देशभक्तहरुको जमघट भैसकेकोछ।

यद्यपि नयाँ शक्तिले बिगतमा अन्य शक्तिले झै देश र जनताको हितमा हानी हुने प्रकृतिको अप्राकृतिक सम्झौता गर्ने छैन।अब देशमा जनताले खोजेको नयाँ शक्तिभित्र सबै कार्य, प्रकृया, बिचार, दृस्टिकोण विलकुल नयाँ हुनेछ। सबै अभियन्ताहरु शतप्रतिसत नयाँ बिचारका नयाँ अनुहार मात्र प्रस्तुत हुनेछ। अब देशमा जन्मिने नयाँ शक्तिले नयाँ बोतलमा पुरानै रक्सी भन्ने जनताको सोचाईलाई गलत साबित गर्दै नयाँ शक्ती नयाँ नै हो भन्ने अनुभूति गराउनेछ। जय नयाशक्ती नेपाल ! कमलराज श्रेष्ठ नेपाल संयोजक प्रमुख

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।