0 COMMENTS

समाजकाे अवाज, ३० साउन,

बूढानीलकण्ठ नगरपालिका अन्तर्गत वडा नं. १२, १३ र १४ का संयूक्त सचिव श्याम अधिकारीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियारले २८ गते उनकै कार्यकक्षमा पक्IMG_0044राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का जग्गा धनी बबिता शाहको नाममा रहेको ४ रोपनी क्षेत्रफल जग्गाका मोहीहरू पोडेकान्छा श्रेष्ठ र भालु बीरबहादुर श्रेष्ठले लगत कट्टाको लागि भूमिसुधार कार्यालयमा सिफारिस गरिदिनका लागि वडा कार्यालयमा निवेदन दिएको र सचिव श्याम अधिकारीले नियमानुसार सिफारिस दिनु पर्नेमा नदिई घुस रकम ५००००। पचास हजार लिएको अवस्थामा अख्तियारले पक्राउ गरेको थीयाे ।

कपन गाविस हुदा सहायकको रुपमा रहेका श्याम अधिकारी बुढानीलकण्ठ नगरपालिका भएपछि संयूक्त वडा सचिव भएका थिए । पक्राउपछि हाल  अधिकारीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ ।

                                                      अख्तीयार द्वारा जारी प्रेस विज्ञप्ति हेर्न याहा क्लीक गराै

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।