0 COMMENTS
कमलराज श्रेष्ठ

हामी एक्काइसौ शताब्दिको आधुनिक सभ्य मानव हौ भनी नाक त फुलाइरहेछौ तर यश धर्तिको पहिलो मानव (वैदिक सनातन धर्मानुसार) “मनु” को जति मानवीय संवेदना पनि आज हामी भित्र पाइदैन। यश पृथ्विमा उपलब्ध संपुर्ण मान्छेहरुको भौतिक तथा रसायनिक बनावटमा रतिभर पनि फरक छैन। मानवीय संवेदना, बुद्धि, बल जस्ता कुराहरु पनि कुनै एक जात बिशेषको अधिनस्थ छैन। बुद्धिमानी, बलिष्ट या मुर्खता जुनसुकै जातमा पनि हुनसक्छ। तर हामी यो जात सानो उ जात ठूलो भनी किन वर्गिकरण गरि रहेछौ? के एउटा सार्किको रगत अर्को ब्रह्माणको शरिरमा मेल खांदैन र? मेल खान सक्छ, यदि रक्त समूह एकैप्रकारको भएमा; त्यो त स्वभाविकरुपमा एकै प्रकारका रक्त समूह भएका मानिसहरु हुन सक्छन तर त्यहा जातले फरक पार्दैन। एउटा ब्रह्माणलाई चोट लाग्दा पीडा हुन्छ भने अर्को दमाईलाई पनि त्यस्तै पीडा मह्सुस हुन्छ। शाररिकरुपले, मानसिकरुपले या भावनात्मकरुपले हामी एकै प्रकारका छौ भने स्वभाविकरुपमा हामी संपुर्ण मानवको जात एउटै हो”मानव” त्यसैले त सनातन वैदिक शास्त्रमा उस समयमा नै स्पष्ट भनिएकोछ; ।।जन्मना जायते शुद्र, कर्मणा द्वीज उच्चयते।।
अर्थात जन्मदा सबै शुद्र भएर जन्मन्छ,पछि उसको कर्मको आधरमा चाहिँ ब्रह्माण(द्वीज) उच्च वर्ण(जात)प्राप्त गर्दछ। द्वीज= एकै जन्ममा दुई पटक जन्मेको(संस्कारको आधरमा), अर्थात आमाको गर्भबाट प्राकृतिकरुपमा एकपटक जन्म लिएपछी उसले धारण गरेको ब्रह्माण कर्मलाई शास्त्रानुसार संस्कारित (पुन जन्म) गरेपछि उ द्वीज अर्थात उच्च वर्गको ब्रह्माण हुन्छ। स्शास्त्रानुसार जन्मदैमा उसको वर्ण निर्धारित हुदैन पछि उसले गर्ने कर्मानुसार शुद्र, क्षेत्री, वैश्य वा ब्रह्माण जो पनि हुन सक्छ। तसर्थ उच्चस्तरको ब्रह्माण बन्न उसको वंसको जातले फरक पार्दैन अझ सबैले बुझिने भाषामा भन्नुपर्दा एउटा कामी, सार्की, दमै, नेवार, क्षेत्रीको कुलमा जन्मेर ब्रह्माण(द्वीज) बन्नसक्छ,यदि उसले ब्रह्माण बन्ने कर्म गर्दछ भने त्यसरी नै ब्रह्माण बन्ने कर्म गर्दैन भने ब्रह्माणको छोरो भएतापनी उसको कर्मानुसार क्षेत्री, वैश्य,शुद्र हुन सक्छ। उपरोक्त कुराहरुलाई मनुस्मृतीको निम्न श्लोकले अझ प्रष्ट्याएको छ।
।।शुद्रो,ब्रह्मान्दतामेती,ब्रम्हान्सचैती शुद्रतम।।
।।क्षेत्रीयजज्जात्मेवन्तु विद्यदं विस्यत्तथैवच।।
       (मनुस्मृती१०:६५)
हो, हाम्रो समाजमा विद्यमान ब्रह्माण(पुरोहित)हरुले शास्त्रमा बताइएको भन्दै धर्मको नाममा विभिन्न प्रकारका कुरीती,अन्धविश्वासहरु सदियौदेखी यजमानहरुमाथि थुपारिरहेकाछन। उहाहरु गलत नहोलान जे सिकाइयो, जे बुझाइयो त्यसलाई नै सत्य मानेर मानिसहरुलाई स्वर्गको लोभ नरकको त्रास देखाइरहेकाछन।आज हाम्रो सनातन समाजमा अन्धविश्वास र कुरितीले जरा गाडेको अति भैसकेकोछ। तर यथार्थमा यस्ता मानव अहितकारी अतिवाद सनातन धर्मको मूल सुत्रमा छैनन।यद्यपि कतिपय अतिवाद समर्थकहरुले बुझेर या नबुझेर सत्य मानी स्वीकारिरहेको अवस्थालाई पनि नकार्न सकिन्न।त्यसो त यस्ता मानव अहितकारी या एउटा वर्गको पक्षपोषण गरि तयार गरिएको सुत्रहरु प्रसस्त पाईन्छ।हो,यहाँ बुझ्नु पर्ने यसको कारण पक्कै छ।

भनिन्छ, अति प्राचीन समयमा वैदिक सनातन धर्मसुत्रको प्रादुर्भाव भएको हो। महर्षी व्यासको समयलाईमात्र आधर मान्दा पनि लगभग छ हजार बर्ष भन्दा बढी बितिसक्यो।यति लामो समयको अन्तरालमा विभिन्न कालखण्डमा टाठा बाठा वर्गहरुले संधै आफू शासक बनिरहन आफु अनुकुलित सुत्रहरु तयार गरिएको हुन सक्छ। कालन्तरमा त्यही सुत्रहरु नै धार्मिक नियम बनेको हुन सक्छ,अन्यथा सनातन धर्म शास्त्रको मूलधारलाइ पकड्दा त्यहा त केवल मानव कल्याणकारी सुत्रहरु मात्र प्राप्त हुन्छ र त शास्त्रमा भनिएको छ,”मनुर्भव” अर्थात मनुष्य बन।

एक्काइसौ शताब्दिको सभ्य मानव;जीबदेखी वनष्पतिसम्मको अधिकार सुरक्षित गर्न अन्तरराष्टृयस्तरमा वकालत भैरहेको समय हो। कल्पना गरौ त एउटा पशु कुकुरलाई हामी आफ्नो चुलोदेखी ओछ्यानसम्म जाने अधिकार दिन्छौ तर त्यही मानिसले आफू जस्तै मानिसलाई अछुत मान्नु के यो धर्म हुन सक्छ त? जसलाई अछुत भनियो, उसको मनोभवनामा हामिले कति ठूलो चोट पुर्यायौ होला त? यो सबै केवल बकवास हुन, यो कदापी धर्म होइन, यो मानवीय व्यवहार होइन।सायद समयको कुनै कालखण्डमा सनातन धर्म सिद्दान्तलाई गलत सिद्ध गर्न रचिएको प्रपंच हुन सक्छ। जसलाई कुनै बर्गहितको स्वार्थमा जानाजानि स्वीकार्दै शासक बनेको हुनसक्छ।कालन्तरमा त्यही अहितकारी कुरितीहरुले सनातन धर्मको मूल सिद्दान्तलाई ओझेलमा पारिदियो; परिणाम वर्तमानमा यस्ता कुरिती र अन्धविश्वास नै सनातन धर्म फैलावटमा बाधक बनेर खडा भैरहेकोछ।

हो, अब ढिला भैसकेकोछ,कथित छुवाछुत र कुरितीहरुलाई सनातन धर्म अनुरुप शुद्धिकरण गर्न आजको आवश्यक्ता हो। यस्ता मानव अहितकारी कुरिती र अन्धविश्वासलाइ निर्मुल पार्न समाजले विश्वास गरिएका सनातन धर्म गुरु ब्रह्माणहरु नै अग्रसर हुनु पर्दछ। तसर्थ, सनातन परम्परामा स्वीकारी आएका मानव अहितकारी सुत्रहरुलाई त्यागी शास्त्रमा बताइएका मानव कल्याणकारी सुत्रहरुको व्यापक उपयोग गरि संपुर्ण हिन्दु समाजमा नयाँ युगको स्थापनार्थ क्रान्तिकारी छलाङ्ग मार्न हाम्रा पुजनिय गुरु आचार्य(ब्रह्माण)हरुले नै साहस जुटाउनु पर्ने अपरिहार्य भैसकेकोछ। नमन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।