0 COMMENTS

upendra baburamकाठमाडौं, १३ मंसिर/ मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरमले संविधान संशोधनमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग सहकार्य गर्ने भएको छ । यसअघि गरिएको अनुमानलाई सहि सावित गर्दै फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले संविधान संशोधनमा साझा माग प्रस्तुत गरेका छन् ।

यसअघि मधेसी मोर्चाले उठाउँदै आएका भन्दा बेग्लै प्रत्यक्ष निर्वाचित कार्यकारी सहित जातीय पहिचानका राज्यको माग समेत गरिएको छ । संविधान संशोधनको अन्तरवस्तुमा मधेसी मोर्चाका अन्य घटक र फोरमबीच मतभेद रहंदै आएको थियो ।

यादव र भट्टराईले दीर्घकालीन रुपमा पार्टी एकता गर्ने समेत तयारी गरेको समाचार यसअघि चक्रपथ डटकमले प्रकाशित गरेको थियो । यादव मधेसी मोर्चाको महत्वपूर्ण घटक दलका नेता भए पनि उनले ३२ दलको संघीय गठबन्धनको समेत नेतृत्व गरेका छन् ।

join

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।