0 COMMENTS

you tubएजेन्सी । फेसबुकले भिडियो सामग्रीमा जोड दिएर कडा चुनौती दिएपछि युट्युबले पनि आफ्नो रणनीति परिवर्तन गर्ने भएको छ ।

भिडियो वेबसाइटका रूपमा मात्र सीमित रहेको युट्युबमा अब सोसल मिडियाका फिचर पनि थपिने भएका छन् ।जसले गर्दा अब तपाईंले युट्युबमा मन परेका भिडियो सेयर गर्न फेसबुक, ट्वीटर वा ह्वाट्सएपजस्ता प्लेटर्फमको सहयोग लिइरहनुपर्ने छैन ।

तपाईंले युट्युबमै साथीहरूको नेटवर्क बनाउन सक्नुहुनेछ, उनीहरूसँग सम्वाद गर्न सक्नुहुनेछ र युट्युबमै भिडियोबाहेक अन्य अक्षर र तस्बिर पनि सेयर गर्न सक्नुहुनेछ ।युट्युबले अब फेसबुक वालजस्तै फिचर भएको ‘कम्युनिटी पेज’ ल्याउने भएको हो । जसमा भिडियो उत्पादकहरूले विभिन्न तस्बिरहरू अपलोड गर्न पाउनेछन्, आफ्ना फलोअरसँग सम्वाद गर्न पाउनेछन् र स्ट्याटस पनि लेख्न पाउनेछन् ।

युट्युबमा भिडियो हेरेपछि त्यसबारे छलफल वा अन्तरक्रिया गर्न फेसबुक, ट्वीटर वा म्यासेजिङ एपको प्रयोग भइरहेको सन्र्दभमा युट्युबले सो कामका लागि अब युट्युब छाड्नु नपर्ने गरी पेज ल्याउन लागेको हो । हाल केही भिडियो उत्पादकलाई परीक्षणका रूपमा यो फिचर प्रयोग गर्न दिइएको छ ।सर्वसाधारणका लागि खुला गरिएपछि प्रयोगकर्ताले युट्युब एपभित्र ‘कम्युनिटी’ भन्ने ट्याब देख्नेछन् । जहाँ उनीहरूले विभिन्न कन्टेन्ट अपलोड गरेर छलफल गर्न सक्छन् । युट्युबले म्यासेन्जर एपहरूले लिएको बजारलाई पनि आफ्नो कब्जामा लिने प्रयास गरिरहेका छन् ।

जसका लागि युट्युबले एपभित्रै च्याट गर्न मिल्ने ‘इनएप म्यासेन्जर’ ल्याउँदै छ । यसमार्फत प्रयोगकर्ताले साथीलाई एड गर्न, उनीहरूसँग कुराकानी गर्न र भिडियो सेयर गर्न पाउनेछन् । सोसल म्यासेजिङ एप र फेसबुक म्यासेन्जरका फिचरहरू पनि युट्युबमै दिने उसको योजना छ ।सोसल मिडियाले भिडियो सेयरिङमा जोड गरिरहेका बेला युट्युबले आफ्नो पुरानो स्वरूप र चरित्रलाई बदल्दै सोसल मिडिया र म्यासेजिङ एपका फिचरलाई पनि समावेश गर्न लागेको हो ।प्रकाशित मिति : २०७३ मङ्सिर १३ सोमबार

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।