0 COMMENTS

२५ साउन, काठमाडौं । भूकम्प प्रभावित नेपाललाई सहयोग जुटाउन आयोजित च्यारिटी म्याचमा नेपाल विश्व ११ सँग ३७ रनले पराजित भएको छ ।

विश्व ११ ले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ९८ रन जोड्दा अल आउट भयो ।

नेपालका लागि अनिल मण्डल र राजु रिजालले १७/१७ रन बनाए भने सिद्धान्त लोहनी र नरेश बुढायरले १३/१३ र मेहबुब आलम र शरद भेसवाकरले ११/११ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका कप्तान पारस खड्का मात्र २ रनमा आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विश्व ११ १३५ रन बनाएर अन्तिम बल अघि बल आउट भयो ।
उसका लागि मार्कुस स्टानिसले ४८ रन बनाए । विश्व ११ को कप्तान श्रीलंकाली लेजेन्ड सनथ जयसूर्या मात्र ६ रनमा आउट भए ।

वेनुगोपाल रावले २३ रन बनाए भने अहमैद फैजले २३ रन जोडे ।

नेपालका अविनाश कर्ण, सिद्धान्त लोहनी, राजेश पुलामी र शरद भेसवाकरले २-२ विकेट लिए । शक्ति गौचन र मेहबुब आलमले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।