0 COMMENTS

काठमाडौ । बंगलादेशमा जारी १६ वर्षमुनि (यु–१६) उमेर समूहको तेस्रो साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले सुखद् सुरुवात गरेको छ ।
आफ्नो पहिलो खेलमा नेपालले सोमबार माल्दिभ्सलाई ५–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सुखद् सुरुवात गरेको छ । बंगलादेशको सिल्हेटमा आईतबार देखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालले सोमबार सानदार प्रदर्शन गरेको हो ।

u-16खेल सुरु भएको तेस्रो मिनेटमै लक्षमण परियारले नेपालकालागि पहिलो गोल गरेका थिए । पहिलाो गोल भएको १९ मिनेट वित्न नपाउदै अभिषेकराज नेपालको पासमा पिजेन तामाङले नेपालको पक्षमा दोस्रो गोल गरेका थिए । उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो गोल भएको ३ मिनेटमै तेस्रो गोल थपेको थियो ।
नेपालकालागि सुमन अर्यालले गोल गरेका थिए । दोस्रो हाफको ५० औँ मिनेटमा प्रिजेन तामाङले व्यक्तिगत दोस्रो र नेपालकालागि चौथो गोल गरेका थिए ।
र खेलको अतिरिक्त सयमको एक मिनेट रहदा सुमन अर्यालले हेड मार्फत गोल थपेका थीए । विभिन्न छ राष्ट्रले भाग लिएका उक्त प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ’बी’ परेको छ ।

समूह’‘बी’मा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् ।
प्रत्येक समूहको शीर्ष दुई÷दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् । सन् २०११ मा घरेलु मैदानमै भएको पहिलो साफ च्याम्पियनसीपमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो भने सन् २०१३ मा भएको दोस्रो साफ च्यापियनसीपमा नेपाल भारतसँग पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।