0 COMMENTS

नवलपरासी, २७ असोज/ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहा पुल ओरालोमा गएराति बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक टीकाराम पौडेलका अनुसार पोखराबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ७७९९ नम्बरको बस र बा १३ च १६१७ नम्बरको कार एकआपसमा ठक्कर खाँदा कारमा सवार नवलपरासी प्रसौनी–२ का ४० वर्षीया नारायणी अधिकारीको मृत्यु भएको हो ।

उनको मुख र टाउकामा गम्भीर चोट लागेकोमा उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइते हुनेमा प्रसौनी–२ का ४५ वर्षीय हडी अधिकारी, पाल्पा मदनपोखरा–६ की ३६ वर्षीया मीरा क्षेत्री, पाल्पा मदनपोखराकै कार चालक ३५ वर्षीय नारायण बस्याल र बसमा सवार मुगुकी सरस्वती चापागाईं रहेका छन्

 घाइतेको उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।