0 COMMENTS

messengerकाठमाडौं, २७ असोज / फेसबुक म्यासेन्जरमा अब यस्तो सन्देश पनि पठाउन सक्नुहुनेछ जुन अन्य कोहीले पढ्न सक्दैनन् र उक्त सन्देश केही समयमा आफैं डिलिट हुन्छ । यसको लागि दुई जना प्रयोगकर्ताहरु जसले च्याट गरिरहेका हुन्छन् उनीहरुले फेसबुकको सबैभन्दा नयाँ भर्सन चलाउनु आवश्यक हुन्छ । तर सन्देश पठाउने तरिका केही फरक भने हुन्छ ।

आउनुहोस्, फेसबुक म्यासेन्जरको यो नयाँ फिचरको बारेमा जानकारी हासिल गरौं । सबैभन्दा पहिला म्यासेन्जरको एप अपडेट गर्नुहोस् र त्यसपछि ‘कम्पोज’ बटनमा क्लिक गर्नुहोस् । नयाँ म्यासेजवाला जुन स्क्रीनमा आउँछ त्यसको दाहिनेतर्फ माथि ‘सेक्रेट’ लेखिएको हुन्छ ।

जब तपाई पहिलोपटक गोप्य सन्देश पठाउँदै हुनुहुन्छ भने म्यासेन्जरले तपाईलाई सूचित गर्नेछ कि तपाईले जुन सन्देश पठाउँदै हुनुहुन्छ त्यो अर्को डिभाइसमा एन्क्रिप्टेड रुपमा जानेछ । त्यहाँ ओकेमा क्लिक गर्नुहोस् ।

जसलाई यस्तो सन्देश पठाउनुछ फोनबुकबाट उसको नाम छान्नुहोस् । यदि उसँग म्यासेन्जरको सबैभन्दा नयाँ भर्सन छैन भने उसले उक्त म्यासेज पढ्न सक्दैन । तर म्यासेन्जरले तपाईले सन्देश पठाउने साथीको डिभाइसमा म्यासेन्जरको लेटेस्ट भर्सन अपडेट भएको छ कि छैन जानकारी दिन भने सक्दैन । सबभन्दा राम्रो कुरा सन्देश पठाउनुअघि साथीसँग लेटेस्ट भर्सन छ कि छैन सोध्नु नै उत्तम हुन्छ ।

जब तपाई सन्देश पठाउनुहुन्छ, उक्त सन्देश आफैं मेटिने सन्देश होइन । म्यासेन्जरमा एउटा टाइमरको बटन देखिन्छ त्यसमा क्लिक गर्नुपर्छ । त्यसपछि सन्देश कति समयपछि डिलिट गर्ने हो समय रोज्नुपर्छ । दश सेकेन्डदेखि पूरै दिनभरको लागि तपाईले सन्देश पठाउन सक्नुहुन्छ ।

यसमा केही अरु कुरा पनि छन् जसलाई तपाईले ध्यान दिनुपर्छ । जब यस्तो आफैं मेटिने सन्देश तपाई पठाउनुहुन्छ भने उक्त च्याटसँग जोडिएका सबै सन्देशहरु सँगै डिलिट हुनेछन् । जब तपाईंको स्मार्टफोनमा यस्तो सन्देश आउँछ तब तपाईलाई थाहा हुँदैन कि उक्त सन्देश कसले पठाएको हो । स्क्रिनमा मात्र लेखिएको हुन्छ, ‘कसैले तपाईलाई सन्देश पठाएको छ ।’

कयौं मानिसहरु फेसबुक म्यासेन्जरको प्रयोग गर्दैनन् तर फेरि पनि यदि कोही मानिस फेसबुक म्यासेन्जरको यस्तो नयाँ सुविधा प्रयोग गर्दछन् भने उनीहरुको लागि गज्जबको अनुभव हुनेछ ।स्रोत : बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।