0 COMMENTS

काठमाडौँ, २० साउन । कक्षा १० मा अध्ययनरत आरम्भ निरौलाले अमेरिकाको टेक्सासमा हुने ‘माइक्रोसफ्ट पावरप्वाइन्ट वल्र्ड च्याम्पियनसीप’ मा नेपालबाट उत्कृष्ट हुँदै प्रतिनिधित्व गर्ने भएका छन् । यही साउन २४ देखि २७ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि झन्डै पाँच हजार प्रतिस्पर्धीलाई निरौलाले उछिनेका हुन् ।

कुलेश्वर आवास माविले मङ्laptop-गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक मेघराज दुलालले कक्षा १० का १४ वर्षीय विद्यार्थी निरौलाले तीन महिनाअघि नै नेपाल उत्कृष्ट गरे पनि भूकम्पका कारण विद्यालय पूर्णक्षतिग्रस्त भएकाले सो समाचार बाहिर ल्याउन नसकिएको बताउनुभयो ।

निरौलाले एक हजार पूर्णाङ्कमा शत प्रतिशत अङ्क ल्याएका थिए । अमेरिकास्थित माइक्रोसफ्ट कम्पनीले तोकिदिएको माइक्रोसफ्ट पावरप्वाइन्टमा कार्यपत्रको प्रारुप तयार पार्नुपर्नेमा निरौलाले सबैभन्दा छोटो अवधिमा तयार पारेका थिए । पचास मिनेटको समय दिइएकोमा उनले २० मिनेटमा नै कार्यपत्रको प्रारुप तयार पारेका थिए । माइक्रोसफ्ट कम्पनीले उनलाई ‘माइक्रोसफ्ट स्पेसलिस्ट’ को सर्टिफिकेट दिइसकेको छ । सन् २०१३ देखि नेपालले सो प्रतियोगितामा सहभागिता जनाउन थालेको हो ।

पहिलोपटक चेल्सी विद्यालयका हिमाल शर्मा प्रतियोगितामा भाग लिएर प्रथम भएका थिए । दोस्रो पटक निरौला नेपाल उत्कृष्ट भएपनि ‘भिसा’ का कारण अमेरिका जान पाएका थिएनन् । विश्वका १२० राष्ट्रले सहभागिता जनाउने सो प्रतियोगितामा यसअघि पनि नेपाल प्रथम भएकाले यसपटक पनि प्रथम हुने विश्वास प्रधानाध्यापक दुलालको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः सात हजार पाँच सय, पाँच हजार र तीन हजार पाँच सय डलर पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।