0 COMMENTS

काठमाडौं । यु–१६का मुख्य प्रशिक्षक उपेन्द्रमानसिंहले बंगलादेशमाहुने तेस्रो साफ यु(१६ प्रतियोगिताको लागि २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीको कप्तानी मनिष कार्कीले गरेका छन् ।

नेपालले साउन २५ गते माल्दिप्ससँग पहिलो खेल खेल्ने छ भने २९ गते अफगानीस्तानसँग खेल्ने छ। नेपाल प्रतियोगिताको दावेदार टोलीको रुपमा रहेको छ । यसअघिको पहिलो संस्करणमा नेपाल तेस्रो र काठमाडौंमा नै भएको दोस्रो साफकमा दोस्रो भएको थियो ।प्रतियोगिता साउन २४ गतेदेखि भदौ १ गतेसम्म बंगलादेशमा हुदैछ।प्रतियोगितामा नेपाल समूह बि मा छ।

u-16प्रतियोगिताको तेस्रो संस्करण खेल्ने नेपाली टोलीमा तीन गोलकिपर, ७ रक्षक, मिडफिल्ड र स्ट्राइकरमा समान ६ खेलाडीलाई राखिएको छ। गोलकिपरमा अपर्ण कार्की, आकाश रानाभाट, सन्देश गुरुङ, रक्षकमा रोमन लिम्बु, लक्ष्मण परियार, राजन गुरुङ, पवन कार्की(उपकप्तान), अनोज मगर, सुमन अर्याल र आशिष केसी रहेका छन। यसैगरी मिडफिल्डमा अविशेख रिजाल, दिवस उरुउ, मनिष कार्की(कप्तान), सिसिहाङ आङदिम्बी, अनिल महर्जन, विकास आले तथा स्ट्राइकरमा राजिव लोप्चान, रेजिन सुब्बा, दिनेश हेन्जन, प्रिजन तामाङ, राजेश परियार र क्षितिज राज जिटी छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।