0 COMMENTS

यदि तपाईं दैनिक टेलिभिजन प्रोग्राम हेर्नुहुन्छ भने त्यसबिचमा आउने विज्ञापनको बारेमा त पक्कै थाहा होला । आजकाल यस्तै विज्ञापन अनलाइन यूट्युबमा पनि देख्न सकिन्छ । यी विज्ञापनमार्फत यूट्युबको निर्माता कम्पनी गूगलले भर्खरै एउटा नयाँ फिचर पेश गरेको थियो जसको मद्दतले तपाईं अफलाइन युट्युब भिडियो हेर्नसक्नुहुन्छ ।

youtubevideos-यदि तपाईं सुस्त इन्टरनेट कनेक्सनका कारण धेरै अनलाइन भिडियोहरु हेर्न सक्नुहुन्न भने यो फिचरको बारेमा सायद तपाईंलाई त्यति जानकारी नहोला । आउनुहोस्, युट्युबको यही अफलाइन फिचरको बारेमा जानकारी लिऔं ।

यूट्युब एप इन्स्टल/अपडेट गर्नुहोस्ः यदि तपाईंसँग एन्ड्रोइड फो्न छ भने तपाईंको फोनमा युट्युब एप पहिलेदेखि नै इन्स्टल हुनेछ । यदि तपाईंको फोनमा यो एप पहिलादेखि नै छ भने त्यसलाई अपडेट गर्नुहोस् र यदि छैन भने इन्स्टल गर्नुहोस् । यो दुबैको लागि तपाईंले केही विशेष गर्नुपर्दैन, बस तपाईंको फोनमा गुगल प्लेस्टोरमा गएर सर्चबकक्समा यूट्युब सर्च गर्नुहोस्, तपाईंले सर्च गरेलगत्तै तपाईंले त्यहाँ अपडेट अथवा इन्स्टल मध्ये एउटा देख्नुहनेछ ।

यो बटनलाई दबाएर तपाईंले यसलाई फोनमा इन्स्टल गर्न सक्नुहुन्छ । यसरी डाउनलोड गरिएको भिडियोलाई युट्युबले सानोसानो भागमा विभाजित गरेर यसलाई डाउनलोड गर्ने गर्छ । यी सबै भाग जम्मा भएर एउटा भिडियो बन्ने भएकाले यसलाई तपाईं कम्प्युटरमा हेर्न सक्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।