0 COMMENTS

 पछिल्लो समय सेक्सका सन्तुष्टि र असन्तुष्टिका कुरा पनि बाहिर आउँने गरेका छन् । सेक्समा असुन्तुष्टिकै कारण धेरैको घरबार बिग्रिएको छ । हिजो आज विभिन्न यौनउपचार केन्द्र तथा व्यक्तिहरु पनि उत्तिकै बृद्धि भएका छन् । तर, हामीले सामान्य केहि कुरामा ध्यान दिन सकेको खण्डमा हाम्रो सेक्स जीवन सुखी बन्न सक्छ । केहि यस्ता खानेकुराहरु छन् जसलाई सम्भोगअघि सेवन गर्नाले सम्भोगमा खल्लोपन ल्याउन सक्छ । त्यसमध्ये पनि यि ६ खानेकुरा कहिल्यै सम्भोगको समयमा प्रयोग नगर्नुहोस् ।

१ लसुन
लसुन स्वास्थ्यका हिसावले हितकर हुन्छ । तर, यहि लसुनलाई सम्भोग अघि सेवन गर्नाले तपाईको सेक्स जीवन ध्वस्त पार्न सक्छ । लसुनले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ । त्यति मात्रै होइन लसुनले पेट पनि फुलाउँछ । फुलेको पेट र दुर्गन्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।

२. पनिर
पनिर धेरैको मन पर्ने खानाको सुचीमा पर्छ । तर, सेक्सअघि यो पनि भरसक खानु हुँदैन । पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ । यसले यौन उत्तेजनालाई शान्त गर्छ । त्यसैले सेक्सअघि पनिर खानु राम्रो मानिदैन ।

३. रातो मासु
रातो मासु हेभी डाइट हो । रातो मासु खाएपछि पच्न लामो समय लाग्छ । रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ । यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हुँदैन ।

४. चिज
चिज पनि पच्न समय लाग्छ । यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ । यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन ।

५. चुइङ्गम
चुइङ्गम खानाले मुख फ्रेस हुन्छ र यसले चुम्बनलाई भव्य बनाउन सहयोग गर्छ । तर, सेक्सका लागि चुइङ्गम चपाउनु राम्रो मानिँदैन । एक अध्ययनले चुइङ्गम चपाउँदा निलिने हावाले ग्यास फर्मेसन गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पत्ता लगाएको थियो ।

६. पुदिना
पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ । पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ । टेस्टोस्टोरोन पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घटनाले दुवैले यौनको चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।