0 COMMENTS

काठमाण्डाै १,  साउन/राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल(निसान)ले एसएलसी सम्मान तथा नृत्य प्रतियोगिता आयोजना गर्दै ।   राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल(निसान)ले श्रावण ७ गते गर्ने एसएलसी सम्मान तथा नृत्य प्रतियोगिताको तयारी अन्तिम चरणमा पुग्न लागेको जनाएको छ । राष्ट्रियता र नेपाली लोक संस्कृति र परम्परा झल्किने खालको नृत्य प्रतियोगिता आयोजना गरेर नेपाली संस्कृति जोगाउने अभियानको रुपमा यस कार्यक्रमको आयोजना हुन लागेको निसानका केन्द्रीय अध्यक्ष ओम प्रसाद ढकालले बताए । निसानका महासचिव सौर्य आचार्यका अनुसार विद्यार्थीलाई प्रोत्साहन गर्न र उनिहरुमा भएको क्षमता प्रस्फुटन गर्न सो कार्यक्रम आयोजना गर्न लागिएको हो । निसान संस्थागत बिद्यालयको ठुलो संगठन हो । प्रतियोगितामा २० भन्दा बढी बिद्यालयको सहभागिता रहने निसानका कोषाध्यक्ष एवम् कार्यक्रमका आर्थिक बिभाग प्रमुख रामेश्वर चौलागाईंले जानकारी दिए । कार्यक्रम जोरपाटीको छिमेकी पार्टी प्यालेसमा हुने जानकारी प्रप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।