0 COMMENTS

 पोखरा, १४ साउन /कास्कीको लुम्ले, भदौरे तामागी, ढिकुरपोखरीमा गएको पहिरोमा परी २६ जनाको मृत्यु भएको छ ।

बुधबार राती परेको अविरल बर्षासँगै गएको पहिरोकोpokhara कारण लुम्ले गाविसको काँडेमा १९ जना, भदौरे तामागी गाविसको डुडे फाँटमा पाँच जना र ढिकुरपोखरी गासिको ठुलाचौरमा दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परि १८ जना घाइते भएका छन् भने २० जना भन्दा बढि वेपत्ता छन् । पहरीकाका कारण भदौरेमा १० घर पुर्ण क्षती भएको छ भने ५ वटा पुल बगाएको छ । लुम्ले ४ र ६ वडामा गएराती गएको पहिरोले २० हजार लिटरको पानी ट्याङ्की बगाउँदा बढि क्षती भएको स्थानीयले बताए । घटनास्थलमा डोजर प्रयोग गरी सेना र प्रहरी उद्धार कार्यमा जुटेका छन् । लुम्लेमा घाइते भएका ३ जनाको पोखरामा उपचार भैरहेको छ । सो स्थानमा १५ भन्दा बढी घर पुरिएको प्रहरीले जनाएको छ ।

भदौरेमा हर्पनखोला बढेर सुुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरो आएको स्थानीय उपेन्द्र पराजुलीले बताए । सुरक्षीत ठाउँमा जादा करिब २ किलोमिटर माथीबाट आएको पहिरोले
घर र मानिसहरुलाई बगाएको पराजुलीले बताए । पहिरोले नौविसे, उपल्लाखेत लगायतका क्षेत्रमा समेत केही घरमा क्षति पु¥याएको छ । उद्धारमा प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले गरेका थिए । जति सक्दो छिटो उद्धारमा लागेको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले बताए । बुधबार राती परेको अविरल बर्षासँगै पोखरा–बाग्लुङ राजमार्गको बिभिन्न स्थानमा पहिरो जांदा राजमार्ग रातीदेखि नै अबरूध्द  भएको छ । गएरातीदेखि यो राजमार्ग भएर चल्ने यातायात बीच बाटोमै रोकिएका छन् ।

 मिति २०७२।०४।१४ गते राती ०२:३० बजे कास्की जिल्लाका निम्न स्थानमा गएको बाट पैह्रोको कारण भएको मानवीय तथा भौतिक क्षतीको हाल सम्म प्राप्त भएको क्षतीको विवरण निम्नानुसार खुलाईएको छ
निम्न:-
• जि.कास्की भदौरे तामागी गा.वि.स.वडा नं. ५ डुडाफाँटमा गएकोबाढी पैह्रोबाट भएको क्षतीको विवरण
मृतकको बिवरण
• जिल्ला कास्की भदौरे तामागी ५ बस्ने बर्ष ६५ को टिकाराम बि.क.
• ऐ.ऐ.बस्ने बर्ष ५५ कि राम कुमारी बि.क.
• ऐ.ऐ.बस्ने बर्ष ३१ कि गौरी पराजुली
• ऐ.ऐ.बस्ने बर्ष ७ को करण पराजुली
• ऐ.ऐ.बस्ने बर्ष ६५ कि नन्दकली पराजुली
११:१० बजे घटना स्थलबाट सबै शब प.क्षे.अ.मा पठाएको
घाईतेको विवरण
• भदौरे तामागी ५ बस्ने बर्ष २७ कि शान्ति पराजुली – शिरियस ( प.क्षे.अ.मा उपचार हुदै)
• ऐ.ऐ.बस्ने बर्ष २८ कि बिमला बिक- शिरियस( प.क्षे.अ.मा उपचार हुदै)
• ऐ.ऐ.बस्ने बर्ष ६ कि सबिना पराजुली – मणिपाल सिरियस
• ऐ.ऐ.बस्ने बर्ष २९ को बिनोद बि.क.- शिरियस( प.क्षे.अ.मा उपचार हुदै)
• ऐ.ऐ.बस्ने बर्ष ८ कि नम्रता पराजुली- मणिपाल( प.क्षे.अ.मा उपचार हुदै)
• ऐ.ऐ.बस्ने बर्ष ३० कि निरु पराजुली- सिरियस( प.क्षे.अ.मा उपचार हुदै)
• ऐ.ऐ.बस्ने बर्ष ५० कि अंजनी पराजुली सिरियस( प.क्षे.अ.मा उपचार हुदै)
• ऐ.ऐ.बस्ने बर्ष ६२ को तुलसी पराजुली( प.क्षे.अ.मा उपचार हुदै)
• ऐ.ऐ.बस्ने बर्ष ६ कि खुशी बि.क.( प.क्षे.अ.मा उपचार हुदै)
• ऐ.ऐ.बस्ने बर्ष २८ को कमल सुनार ( प.क्षे.अ.मा उपचार हुदै)
• ऐ.ऐ.बस्ने बर्ष २० को अन्तिम सुनार( प.क्षे.अ.मा उपचार हुदै)
• ऐ.ऐ.बस्ने बर्ष २१ कि सुस्मा सुनार- मणिपाल
• ऐ.ऐ.बस्ने बर्ष ३ कि सोनाम सुनार- मणिपाल
• ऐ.ऐ.बस्ने बर्ष ३२ कि माया पराजुली( प.क्षे.अ.मा उपचार हुदै)

मिति २०७२।०४।१४ गते राती अविरल बर्षाको कारण लुम्ले ६माझघरमा गएको बाढी पैह्रोबाट भएको मानवीय तता भौतिक क्षतीको विवरण:-
मृतकको बिवरण
१, लुम्ले ६ बस्ने बर्ष १० को अर्जुन गुरुङ
२, ऐ बस्ने बर्ष ७० कि रत्ना पौडेल
३, ऐ बस्ने बर्ष ८४ को बसन्ती बि.क. पुरुष
४. ऐ.बस्ने बर्ष ३२ कि चिजा बिक
५. ऐ.बस्ने बर्ष १४ कि संझना बिक
६. ऐ.बस्ने बर्ष १० कि सलिना बिक
७. ऐ.बस्ने बर्ष ९ को सुनिल बिक
८. ऐ.बस्ने बर्ष २६ कि मंजु सुनार
९. नाम नखुलेकी मंजु सुनारको ३ महिनाको छोरी
१०. ऐ.बस्ने बर्ष ३२ कि सुन कुमारी जि.सी.
११. ऐ.बस्ने बर्ष १० को सुगम जिसी
१२. ऐ.बस्ने बर्ष ५ को संगम जिसी
१३ ऐ बस्ने बर्ष ५६ को छिरिङ राई
१४ ऐ ऐ बस्ने नाम थर नखुलेकोनिज छिरिङ राईको श्रीमती
लुम्ले ६ मा घाईते भएका हरुको विवरण:-
• लुम्ले ६ बस्ने बर्ष २० कि रिता देवकोटा- दुबै खुट्टाको साप्रामा चोट अवस्था मध्यम- मणिपालमा उपचार हुदै
• ऐ.बस्ने ८ महिनाको बालक नितेस देवकोटा – छातीमा चोट अवस्था मध्यम- मणिपाल उपचार हुदै
• ऐ.बस्ने बर्ष १८ कि जुना सुनार – दाहिने खुट्टा, घाटी, र ढाडमा चोट अवस्था मध्यम मणिपालमा उपचार हुदै ।
जि.कास्की ढिकुरपोखरी गा.वि.स.वडा नं. ९ ठुलाचौरमा गएको पहिरोमा परि निम्न मानिस घाईते भएको
• जि.कास्क ढिकुरपोखरी गा.वि.स.वडा नं.९ बस्ने बर्ष ७५ की टोपली दाहाल घरमाथिबाट पहिरो आई सुतीरहेको अवस्थामा टाउको वायाँ खुट्टामा चोट लागि घाईते भएको ।

• ऐ बस्ने बर्ष १७ की अस्मिता दाहाल र बर्ष १९ को प्रेमराज दाहाल हराई रहेको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।