0 COMMENTS

इटहरी , संविधानमा हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गर्ने विभिन्न हिन्दुवादी संगठनहरु इटहरी केन्द्रित हुदा इटहरीमा आन्दोलन कडा बन्दै गएको छ ।
आन्दोलनमा सहभागी हुनेहरु समेत प्रतिदिन थपिदा इटहरीमा दैनिक हजारौं हिन्दुवादीहरुको सहभागीतामा र्याली निस्कीन थालेको छ ।
यसैक्रममा आज पनि इटहरीमा हजारौंको संख्यामा सडकमा उत्रिएका हिन्दुवादीहरुले इटहरी चौकमा  दुई घण्टा चक्काजाम गरेका छन् । पूर्व जानकारी नै नगराई एकाएक चक्काजाम हुदा त्यसले यात्रुहरु सास्ती खेप्न बाध्य भए । बन्द गर्ने हिन्दुवादीहरुले साईकल समेत रोकेर बन्द गरेका थिए भने सन्त श्रीनिवास आचार्यले समेत साईकल र रिक्सामा त्रिसुल प्रहार गर्दै बन्दलाई कडा बनाएका थिए ।
हिन्दुवादीहरुको आन्दोनलमा कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी, शशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
हिन्दुवादीहरुले इटहरी चौकको चारै तिर बसेर पूर्ण रुपमा सवारी आवागमन ठप्प पारेका थिए ।
यसैबिच, हिन्दु धर्म संरक्षण समीतीका अध्यक्ष कृष्ण गिरिले काठमाडौंमा प्रहरीले आफ्नो आन्दोलन दबाउन खोजेपछि इटहरी केन्द्रित भएर आन्दोलन थालेको बताए  ।
हिन्दुवादीहरुले हिजो पनि इटहरीमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।