0 COMMENTS

काठमाडौं । भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको सोमबार निधन भएको छ । उनको निधनमा भारतमा सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

Apj-Abdul-Kalamएक कार्यक्रममा सम्बोधन गर्दागर्दै ढलेका भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको उपचारकाक्रममा साँझ निधन भएको छ । भारतको सिलोङमा इन्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताका रुपमा उपस्थित उनी बोल्दाबोल्दै बेहोश भएका थिए ।

‘मिसाइल मेन’को नामले चिनिएका ८३ वर्षीय पूर्वराष्ट्रपति कलामको सिलोङस्थित बेथानी अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना गरेलगत्तै निधन भएको हो ।

कलाम सन् २००२ देखि सन् २००७ सम्म भारतको राष्ट्रपति बनेका थिए । सन् १९३१ अक्टुबर १५ मा तमिलनाडुको रामेश्वरम्मा जन्मिएका कलाम भारतका ११ औं राष्ट्रपति बनेका थिए ।
भारतको मिसाइल टेक्नोलोजी निर्माणमा ठूलो योगदान दिएका उनी पोलर स्याटेलाइट लञ्च व्हीकलको पिता मानिन्थे ।

आफ्नो पूरा जिन्दगी शिक्षामा समर्पित गरेका कलाम १९९७ मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित भएका थिए ।
उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरुले शोक व्यक्त गरेका छन् ।
समाचारका थप

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।