0 COMMENTS

देशमा बन्दै गरेको नयाँ संविधानमा नेपाल लाई हिन्दू राज्य राख्नेकी ? धर्म निरपेक्षता उल्लेख गर्नेकी ?अथवा धर्मीक स्वतन्त्रता उल्लेख गर्ने भन्ने कुराको बहस चली रहदा हिन्दू राज्य नेपाल हुनुपर्छ भनी रहने राप्रपा नेपालको चै आधीकारीक धारणा के रहे छ ? भन्ने कुरा बुझ्न www.samajkoawaj.com का लागी पार्टी प्रवक्ता बिष्णु प्रसाद भट्टरार्इ संग   राजु बस्नेत र कुमार पाैडेल ले लीयकाे अन्तरवार्ता

IMG_0010

१.पछिल्लो बिकसित राजनीती घटनाक्रम लाई कसरी हेरीरहनु भएको छ ?
पछिल्लो बिकसित घटनाक्रम भनेर याँहाले संविधान निर्माणको घटना क्रमलाई इंगित गर्न खोज्नु भयको होला ।यसमा म पार्टीको जीम्मेवार सिपाहिको नाताले भन्नु पर्दा यो संविधान निर्माण प्रक्रियाको फास्ट ट्याकप्रति राप्रपा नेपालको घोर आपती छ ।

२.के कुरामा आपती छ त ?
आपती यस कुरामा छ की नेपालमा नेपाली जनताले आफ्रनो लागी आफै संविधान बनाउनने भन्दै दुई दुई पटक संविधान सभाको चुनाव भयो पहीलो पटक लेख्दै नलेखी संविधान सभाको बिघटन भयो भने दोस्रो पटक संविधान सभाको चुनाव भयो यस्को कार्यकाल संविधानत ःअझै २ बर्ष बाकि छ । भनाइको तात्पर्य के हो भने पहलिो संविधान सभा को गठन देखी अहिले सम्म सात वर्ष भए छ अब भन्नुहोस मसौदा बनाउन सात बर्ष अनी सुझावका लागी दुई दीन ? अझै एउटन नीर्वाचन क्षेत्रमा जरम्मा ३ घन्टा अनी संविधन पडनै नपाई के का सुझाव दीनु ?नियमावलीले ब्याख्या गरेअनुशा दुई महीनाको समय खोइ त ?अनी अर्को कुरा फरक बिचार लाई पूर्णत निषेद गर्न खोजीयो तसर्थ म फेरी पनी भन्छु यो नौटंकी नै हो र यस प्रती हाम्रो गम्भीर आपती छ ।
यसमा म उदाहरण दिऊ । यहि सुझव संकलनका क्रममा धनुष जिल्लामा राष्ट्पतिजीका दाजु भाइ लाई नेपाली आउदो रहेनछ,बुझ्नु हुँदोरहेन छ ।मैथलीमा मस्यौदा उपलब्ध छैन ।अब तपाइ आफै भन्नुहोस् राष्ट्रपतिका दाजु,भाईले सुझव दीन सक्नु भएन भने अरु तमाम भाषिका जनताले के आधारमा अभीमत दीने ?भन्नलाई भन्दीने यो बहुभाषिक मुलुक भनेर तर ब्यबहारमा चै नदेखाउने ? यो नौ टंकी नभएर के हो त ?

३.तपाई हरु लाई धर्मको नाममा राजनीती गरेको आरोप छ नी त ?
तपाईले सोध्नै पर्ने प्रश्न सोध्नु भयो ।यो संन्सारका जीम्मेवार मानीसलेहरु ले भनुन् अमेरिकाको राष्ट्रपति ले बाईवल छोएर सपथ लिनु पर्छ,बेलाएतकी महारानी प्रोटेस्टेन्ट भईनन् भने महारानी हुन पाँउदीनन् यसै गरी कतीपय मुस्लीम देशमा कुरान छोएर सपथ गर्नु पर्छ ।मैले बाराक ओबामाको कुरागरी रहेको छैन,अमेरिकामा बाइबल छोएर सपथ ग्रहण गर्नुपर्छ भनेपछी के अमेरिकामा कुनै राष्ट्रपति हुन सक्छ ?अस्ति भर्खरै मात्र बेलायती प्रधान मन्त्री क्यामरुनले हामी बाईबलका आदर्शहरु बाट अनुप्राशित रहनेछौ भन्नुभयो ।
अब अफै भन्नु होस अमेरीका जस्तो मानवाधीकारवादी देश जहाँ प्रधान न्ययाधीसले राष्ट्रपतिलाई संविधान छुवायर होइन बाइवल छुवाएर सपथग्रहण गराउछ भने धर्मको नाममा कस्ले गरेको रहे छ । जहाँ पनि छ धर्मको नाममा राजनीति ।संसारमा झण्डै १०० वटा जती देश ईशाइ देश हरु छन् ,४७ वटा राष्ट्र मुस्लीम राष्ट्र छन ।१० ओटा जती बौद्ध देश हरु छन र इजरायल संसारको एकमात्र यहुदी राष्ट्र हो ।अनी संन्सारको एक मात्र हिन्दु राष्ट्र चै किन नहुने ?ल ठकि राष्ट्रको धर्म पनि हुदैन ,जात पनी हँुदैन भन्नुहुन्छ भने अहिलेको मस्यौदामा राख्नु भयको छ त राष्ट्रिय एकताको प्रतीक राष्ट्रपति हुने,राष्ट्रिय जनावर गाई हुने राष्ट्रिय फुल लालीगुराँस हुने तपाँइ नै भन्नुहोस न त के राष्ट्रिय जनावर मार्न पाईन्छ ?माथि उल्लेखित कुरा एउटा मान्यता हो ।राष्ट्रपतिलाई एकताको प्रतीक पनि किन मान्ने नमाने भइहाल्यो नि ।
अब भन्नुहोस ६२,६३ अगाडी यो मुलुकमा इसाईहरु थिएनन त ?मुसलमान पनि थिए त ।अहिले हामी जती छौं त्यती सबै थियौं त ! तर धर्म निरपेक्षता घोषणा पछि नै एजम्सन चर्चमा बम पड्केर मान्छे मरे त !भनेपछि हिन्दू राष्ट्र हुँदा सहिष्णुता थियो भन्ने कुरा प्रमाणित भएन र ?अनी हामीकाहाँ राष्ट्राध्यक्ष जानैपर्ने केही चाडपर्ब, जात्रा,छन् अनी के भोली एउटा मुसलमान राष्ट्रपति भयोभने उहाँ कुमारी संग खड्ग साट्न जानुहुन्छ कि हुँदैन ?त्यस कारण यसलाई हामीले आफ्नो राष्ट्रिय पहिचान मानेर हिन्दू राष्ट्रभनेका हौ राजनीती गर्न खोजीयको होईन ।

४ धार्मिक स्वतन्त्रतामा चाहिं तपाइको के को आपती त ?
तेसैले त हामीले भन्यौ नि त पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र र ९४ प्रतीसत ओमकार परिवार मान्ने मान्छे भएको हुनाले हामीले सर्वधर्म समभाव सहितको सनातन हिन्दू राष्ट्र नेपाल भनेका हौं ।हुनत यतीखेर त्यो ९४ प्रतीशत मानिसले हिन्दु राष्ट्रका पक्षमा मतदान गरेको भएत अहिले नेपाल हिन्दू राष्ट्र भई सक्ने थीयो अहिले यस्तो कोहोलो हुदैन थीयो । तर जे भए पनि अहिले देशब्यापी हिन्दू राष्ट्रको पक्षमा ठुलो जनमत आइरहेको छ यसलाई हाम्रो राष्ट्रिय पहिचानको रुपमा जगेर्ना गर्नु पर्छ ।

५.भने पछि हिन्दू राष्ट्र मूलतः पहिचानकै मुद्दा हो ? कि होइन ?
हो नि किन होइन ?मुलतःहिन्दू राष्ट्र पहिचानकै मुद्दा हो ।यो संसारका लागीनै हाम्रो पहिचानको मुद्दा हो ।होइन भने त्यो एउटा झंडा किन राख्नु हुन्छ ?त्यो पनि नराख्नुहोस न !त्यो पहिचान होइन ।त्यस्तै गाई लाइ किन राष्ट्रिय जनावर मान्नु हुन्छ ? त्यो गाई ले के गर्छ ?राष्ट्रिय फुल भनेर लालीगुराँस किन राख्नु पर्यो ? आखिर एउटा पहिचान न हो ।त्यसकारण हामीले संन्सारमा आफ्नो अलग पहिचानका लागी हिन्दु राष्ट्र भनेका हौ । उदाहरण तीज कै लीऊँ ।संन्सारका कुना कुनामा नेपाली पुगेका छन् ।जब चौबन्दी र साडी लगाएर नाच्छन् तब ती नेपाली रहेछन् भनी चीनीन्छ अरुबेला त टिसर्ट पाइन्टमा भेटीन्छ त ! तपाई बिना टोपी दुनियामा घुम्नुहोस तपाईलाई कसैले नेपाली भन्दैन ।जब टोपी लगाएर हिँडनु हुन्छ ओहो सगरमाथाको देशको मान्छे होइन भनेर सोद्छन् ।

६.अहिले एकथरी बुद्दिजीवी हरु धर्म संग राज्यलाई किन जोडने भन्छन नि त ?
यसलाइ अंग्रेजीमा हिपोक्रेसी भनिन्छ भने नेपालीमा पाखण्डपन भनिन्छ । तपाई बिहान सबेरै मन्दिर जानुहुन्छ घन्टा बजाउनु हुन्छ र दिउँसो पार्टी कार्यालय गयर देश त धर्म निरपेक्ष भयो भन्नु हुन्छ । अनी यो पाखण्ड पन हो की होइन त ? तपाईको जीवनशैली राष्ट्रिय हुँदा त्यसबाट तपाईको ईज्जत बढ्यो कि घट्यो ?जस्तो भन्नुहोस धेरै मतदाताले पत्याएको ब्यक्ति जनप्रतिनिधि हुन्छ धेरै ब्यक्तिले विश्वास गरेको ब्यवस्था राज्य ब्यवस्था हुन्छ भने ९४ प्रतिसत जनताले मानेको धर्म चाहिं देशको धर्म हुदैन ?

७ . सुझाव संकलनको क्रममा कतै कतै सुनीयो यो धर्म निरपेक्षता त सभामुखको एक्लो निर्णय बाट घुसाइयो भनेर आयोत कुरा के हो ?
म कसैलाइ ब्यक्तिगत आरोप लगाउन चाहन्न यदि अहिले बजारमा आयको हल्ला साचो हो भने ल ठिक छ हिजो त कसैले थाहा पाउनु भएन रे आजत सबैलाइ थाहा भयो त अब हटाई दिनोस न त !यस्मा यउटा कुरा थपौ ।भारतबाट मोदीजी प्रधान मन्त्री भएर पहिलो चोटी नेपाल आएर नेपालको बेला संसदमा संबोधन गर्दा म माता जानकी र बुद्धको देशमा आउन पाउँदा हर्षित छु भन्दा सबै पार्टीका नेता हरुले तालीबजाउनु भयो ।अब भन्नुहोस बाहीर बाट एकजना छीमेकी आएर सीता र बुद्धको जन्म भुमी भन्दा खुसी हुने अनी वाहाँ हरु जन्मीएको पबित्र भूमि चाहि धर्म निरपेक्ष हुने ? अहिले हाम्रो १०० को नोटमा बुद्ध नेपालमा जन्मीएको भनेर अमेरीकाको डलरमा जस्तै ष्ल नयम धभ तचगकत भनेर लेखे जस्तै लेख्नु पर्ने अनी मुलुक चाहीं धर्म निरपेक्ष?
अब हेर्नोहोस हामी त संविधान सभाको ०६४ को चुनावमा हामै नेपाली दाजु,भाईले ढुंगा मुडा गरेर भागेर हिडेका मान्छे ।त्यतीबेला ४ सीट थीयो अहिले २५ भएको छ ।त्यो हाम्रो निरन्तर संघर्ष पछिको प्राप्तीहो । आज राप्रपा नेपाल बैचारीक हिसाबले देशको सशक्त प्रतीपक्ष हो ।

८.संविधानमा धर्मनिरपेक्ष वा धार्मिक स्वतन्त्रता दुई मध्ये एक लेखीयो भने तपाई हरु मानेर जानुहुन्छ ?
संविधानको मौलिक हक आन्तरगत बिचार र अभिब्यक्ती स्वतन्त्रताले कुनै पनि नेपालीलाई आफ्नो बिचार अभिब्यक्त गर्ने स्वतन्त्रता हुन्छ । फरक बिचार राख्ने ठाँउ हुन्छ र हामी पनि त्यसैमा टेकेर निरन्तर आफ्नो कुरा विभिन्न माध्यमबाट जनतामा पुर्याइ रहन्छौं सार्वभौमसत्ता र राजकीय सत्ता सम्पन्न नेपाली जनताले म्यन्डेट दियो भनेत भइहाल्यो नि !

९.९४ पतिशत ओमकार परिवार त्यतिनै दिशातिर मुख फर्कायर बसेकाले पनि त हिन्दू राष्ट्र को आन्दोलन सशक्त नभएको त हैन ?
यस्मा चाहिं के देखिन्छ भने मैले तपाई लाई मेरो कुरा बुझाउन सकिन तँ तपाई अन्तै लाग्नु भयो भने त्यो तपाईको दोष होइन नि ! मेरो दोष हो नि !त्यसकारण हिन्दू समूदाय एक्ले अर्कालाई विश्वासमा लिनु नसकेर यस्तो भएको हो ।सायद नेपाल राष्ट्र बनेदेखी अहिले सम्म हामी हिन्दूहरुलाई ठूलोठक्कर लागेको थिएन नि !अब अहिले लाग्यो !अब पक्कै पनि जागरण आउँछ विश्वास गरौ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।