0 COMMENTS

bimaan-430x316२०७२ चैत्र१६ /इजिप्ट एयरको एक विमान अपहरणमा परेको छ । इजिप्टको अलेक्जान्ड्रियाबाट उडेको उक्त विमान अपहरणपछि साइप्रसको लार्नाकामा अवतरण गरेको जनाइएको छ ।

६० जना यात्रु बोकेको ए ३२० एयर बस इजिप्टको एलेक्टजेन्डियाबाट कायरो जाँदै गरेको थियो। बिबिसीका अनुसार उक्त विमान अहिले साइप्रसको लारनाकामा अवतरण गरेको छ । विमानमा कति अपहरणकारी रहेको भन्ने पुष्टि भएको छैन ।

विमान अपहरण गर्नेको पहिचान नभएपनि सम्पूर्ण प्रहरी बल विमानस्थलबाट पछि हटेमा महिला र बाल बालिकालाई मुक्त गर्ने प्रस्ताव अपहरकारीका तर्फबाट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।एेजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।