0 COMMENTS

11022620_685069184952390_5846318535702879660_nकाठमाडौं,१५ चैत– नेपाल सरकारका सबै सचिवहरुले भुकम्पबाट भत्केको धरहरा निर्माणका लागि तीन दिनको तलब दिने भएका छन् ।
सोमबार बसेको सचिवहरुको बैठकले “मेरो धरहरा म बनाउँछु” भन्ने अभियानप्रति ऐक्यवद्धता जनाउँंदै तीन दिनको तलव बराबरको रकम दिने निर्णय गरेका हुन् । मुख्य सचिव डा.सोमलाल सुवेदीका अनुसार “मेरो धरहरा म बनाउँछु” अभियान सुरु भएको र यसका लागि स्थापित कोषमा सबै सचिवहरुले पाउने दिनको पारिश्रमिक जम्मा गरिने बताए ।

नेपाल सरकारले धरहरा आफ्नै लगानी र योजनामा बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले पुननिर्माणका लागि “मेरो धरहरा म बनाउँछु” भन्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो अभियानका लागि आफ्नो एक महिनाको तलब ६१,८२० रुपिया जम्मा गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।