0 COMMENTS
12894453_1073625162678976_2007113502_o
नरेन्द्र ओली केन्द्रीय सचिव नयाँ शक्ति नेपाल (संयाेजक घनश्यम चम्लागाइ)

तपाईले आफूलाई चिनाउनु पर्दा कसरी चिनाउनुहुन्छ ?
म विगत लामोसमयदेखी प्रवासमा बस्दै आएको छु । वास्तवमा मेरो क्षेत्र भनेको खेलकुद क्षेत्र हो । म अहिले पनि खेलकुद क्षेत्रमा आबद्ध छु । त्यसका साथै म नयाँ शक्ति नेपालको केन्द्रीय संचिवको हैसियतमा रहेर विगत केही समय देखि प्रवासमा रहेतापनि समाजसेवामा क्रियासिल छु ।
सुरुमा भन्दिनुस्, नयाँ शक्ति नेपाल भनेको के हो ?
नयाँ शक्ति नेपाल भनेको शान्ति, निकास, विकास र विचार भन्ने मुलनाराका साथ ०७१ सालको फागुन ४ गते स्थापना भएको विशुद्व सामाजिक संस्था हो । यो शक्ति राजनिति गर्न जन्मिएको शक्ति होइन् । यो केवल समाज उत्थानको निम्ति प्रवासमा रहेका नेपालीहरुले स्थापना गरेको शक्ति हो । जसको संस्थापक घनश्याम चम्लागाँई हुनुहुन्छ ।
आखिर यो शक्ति किन र केका लागि स्थापना भयो ?
हाम्रो मुलमन्त्रले नै स्पष्ट पार्छ कि यो किन र केका लागि स्थापना गर्नुप¥यो । अझ प्रष्टरुपमा भन्नुपर्दा देशमा शान्ति, निकास र विकासका निम्ति यो संस्था जन्मिएको हो । हाम्रो चाहाना देशलाई शान्ति दिने हो, विद्यमान गतिरोधको निकास दिने हो भने देशलाई विकास दिने पनि हाम्रो मुल लक्ष्य हो ।
अहिलेको परिवेशलाई नयाँ शक्तिले कसरी निहालिरहेको छ ?
आम नेपाली जनतालाई थाह भएकै कुरा हो अहिलेको राजनैतिक दलले देखाई रहेको रवैया, यसर्थ मैले भन्नु पदैन् ।
परिवतर्नका निम्ति धेरै आन्दोलन भए तर त्यसलाई संस्थागत गर्न कसैले चासो देखाएनन् । आज देश दलदलमा फसिरहेको छ, मान्छे ग्यास नपाएर भोकभोकै मन्नुपर्ने आवस्थाको सिजर्ना भएको छ । नाङ्गाहरुले कपडा लगाउन पाइरहेका छनैन् भने मान्छेले पाउनुपन्र्ने सामान्य कुरा गाँस, बास, कपासको राज्यले ज्ञारेन्टी गर्न नसकेको अवस्था छ । यसर्थ अव सवैको मुहार फेर्न यो शक्ति आएको छ । समाज परिवर्तन अव राजनैति शक्तिबाट होईन, सामाजिक शक्तिबाट हुनेछ, हामि गरेर देखाउँछौं ।
राजनैतिक शक्तिबाट नभएको कुरा सामाजिक शक्तिबाट सम्भव छ त ?
हुन्छ, हामि गरेर देखाउछौं । यहाँ इच्छा शक्ति भए असम्भव केही छैन् । नेपालको मात्रै परिवेशलाई नहेरौं, विश्व जगत्मा सामाजिक शक्तिले धेरै ठुला काम गरेको उदाहरण पनि छन् । समग्र रुपमा भन्दा देशको राज्य सत्ता चलाउन नीति नियम चाहिएलाँ तर उदाहरणिय काम गर्न सरकारनै चाहिन्छ भन्ने छैन् । हामि अभियान मार्फत समाज उत्थानको काममा लाग्दैछौं । राम्रो काम गर्ने जो कोहीलाई पनि हाम्रो समर्थन पनि हुनेछ ।
नयाँ शक्ति स्थापनाको १३ महिनामा केके काम भए त ?
हामि स्थापना भए पछि नेपालमा विनासकारी भुकम्प ग¥यो । सो बेला उद्दार र राहतमा यो संस्था पूर्ण रुपमा क्रियासिल बन्यो । यस्तै नेपालको खेलकुद जगत्लाई माथी उठाउनुपर्छ भन्ने मान्यताका साथ सुदुरपश्चिममा गएर नयाँ शक्तिले खेलकुद प्रतियोगीता ग¥यो । त्यस्तै नयाँ शक्तिले भारतीय नाकाबन्दीका बेला राजधानीमा ग्यासको हाहाकार थियो । सो बेला सिन्धुपाल्चोकबाट दाउरा काठमाडौंमा ल्याई कपनमा बढ्ने काम ग¥यो । त्यस्तै वैदेशिक रोजगारमा रही प्रवासमा विभिन्न कारणले अलपत्रमा परेका युवाहरुको उद्दारमा पनि नयाँ शक्ति क्रियाशिल छ । यि केवल उदाहरण मात्र हुन नयाँ शक्तिले अन्य धेरै काम गरिसकेको अवस्था हो ।
ओली ज्यू, अवको दिनमा नयाँ शक्तिले के कस्ता काम गर्दैछ त ?
नयाँ शक्ति आम जनताको सुख,दुःखको साथी हो । म अहिले आश्वासन बाँड्न चाहान्न, समाजमा के को आवश्यकता छ त्यसको सही रुपमा पहिचान गरि नयाँ शक्तिले नमुनात्मक काम गर्दैछ । हामि प्रचारबाजी गर्न चाहान्नौ, हामी गरेर देखाउँछौं । आम जनताले बुझोस्, नयाँ शक्ति आश्वासन बाड्ने शक्ति होईन, काम गरेर देखाउने शक्ति हो ।
नयाँ शक्तिलाई त फेसबुक प्रदायक अभियान पनि भनिन्छ नि आखिर यो कहिले सम्म ओली जी ?
हो म दावाका साथ भन्छु, हामी फेसबुकबाट जन्मियौं र हामिलाई हालको स्थितिमा पनि यही फेसबुकले नै पु¥याएको हो । हामिलाई सम्बन्ध जोड्न फेसबुकले निकैनै सहयोग गरेको छ । यसलाई कतिपयले फेसबुक प्रदायक अभियान भनितापनि हामि देश तथा विदेशको विभिन्न कुनाहरुमा पुगिसकेका छौं ।
केही दिन अघि हामि राजधानीमा केन्द्रीय भेला सम्पन्न गरिसकेका छौं । भेलाले संगठनिक प्रतिवेदन पारित गर्नुका साथै राष्ट्रिय स्तरको समितिको चयन समेत गरेको छ । यसले गर्दा हामि फेसबुकमा मात्र होईन अव देश तथा प्रवासमा छरिएर रहेका छौं ।
तर तपाईहरुको वैधानिकतामा पनि प्रश्न खडा हुन्छ ? के तपाईहरु वैधानिक हुनुपदैन् ?
वैधानिक हुनुपर्छ । हामि संस्था दर्ताको प्रक्रियामा गइसकेका छौं । यसलाई छिट्टै मूर्तरुप दिदैँछौं । केही दिन अघि बनेको केन्द्रीय समितिले यो संस्था वैधानिक बनाउन काम गरिरहेको छ । संस्था वैधानिक भए लगत्तै हाम्रो महाधिवेशन हुनेछ । त्यसपछि हामी अझ परिस्कृत भएर अघि बढ्ने छौं ।
यो पनि भन्दिनुस् न, तपाईहरुको शक्ति र बाबुरामको शक्तिमा के अन्तर छ ?
आम जनताले बुझ्न जरुरी छ । म फेरी पनि दोहो¥याउन चाहान्छु हाम्रो नयाँ शक्ति कुनै राजनैतिक शक्ति होइन्, यो केवल सामाजिक संस्था हो । बाबुरामको शक्ति भनेको पुराना अनुहारले नयाँ कार्ड बाँडेको हो । यसर्थ आम नेपाली भ्रममा नपर्नुहोला ।
ओली जी, तपाईको नयाँ शक्तिलाई सिद्धान्त विहिनको रुपमा पनि हेरिन्छ नि ?
हो, कतिपयले हामिलाई सिद्धान्त बिहिन पनि भन्ने गरेका छन् । यस्ता भ्रम छर्नेहरु खासमा परिवर्तनका विरोधीको रुपमा हामीले लिन्छै । हामिसँग लक्ष्य छ कार्यक्रम छन्, हामिलाई सकारात्मक काम गर्न सिद्धान्तनै चाहिन्छ भन्ने छैन् । त्यसैले हामी जनतामाझ गएर जनताबाटै सिद्धान्तको प्रतिपादन गर्ने सोचमा छौं ।
प्रसँग फेरौं, यहाँ खेलकुद क्षेत्रमा पनि हुनुहुन्छ, नेपालमा भैइरहेको खेलकुदको विकास क्रमलाई यहाँले कसरी हेर्नुहुन्छ ?
यो देशमा धेरै कुरा भए तर खेलकुदको कुरा कमै भए । भएपनि व्यवहारमा लागू गरिएन् । अहिलेको परिवेशलाई भन्दा राज्यले सही रुपमा खेलकुद मैदान बनाउने, खेलाडीको प्रोत्साहन गर्ने केही काम गर्न सकेको छैन् । अव खेलकुदमा पनि क्रान्ती गर्नुपर्छ । अहिले हेर्दा नेपालको खेलकुद क्षेत्र निकनै पछि परेको छ । यसलाई उकास्न नयाँ शक्तिले भोलीको दिनमा विभिन्न कार्यहरुको थालनी गर्नेछ । सम्भावना रहाँदारहँदै माथी उकास्न कसैले चासो नदेखाएको अवस्थामा हामीले एउटा आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत खेलकुद क्षेत्रलाई उकास्ने खालको कार्यक्रम ल्याउनेछौं ।
अन्त्यमा…
हामि एक वैकल्पिक शक्तिका रुपमा देखिएका छौं । समाज परिवर्तन हाम्रै पालामा सम्भव छ यसर्थ आजैबाट सकारात्मक सोचका साथ हाम्रो यो अभियानमा सवैले साथ दिनुहोला ।
धन्यवाद ।
प्रस्तुती– कमल श्रेष्ठ÷विजय दमासे(साभार इप्रभाव राष्टि्य दैनीक)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।