0 COMMENTS

KP-Oli चैत १४,काठमाडौं /प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर अाज काठमाडौंमा उत्रिएका छन् ।उनलाई स्वागत गर्न उपप्रधानमन्त्री गच्छदार विमानस्थलमै पुगेका थिए।चीन भ्रमणपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमण सफल भएको बताएका छन् ।

आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले भने, ‘चीनसँग पारवहन र यातायात सम्झौता भयो, यो नेपालको आर्थिक विकासको लागि नयाँ कदम हो ।’
उनले भारत र चीनसँग नेपालको सम्बन्ध तुलना योग्य नभएको बताए । दुबै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध बनाउने नेपाल सरकारको नीति भएको उनले प्रष्ट्याए ।
प्रधानमन्त्री ओलीले भने, ‘दुई देशसँग सुमधुर बनाएर जाने नेपाल सरकारको नीति हो । नेपालका लागि दुबै देश बराबर छन् । कसैसँग तुलना गर्न मिल्दैन ।’

त्रिभूवन विमानस्थलमा आइतबार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले चीनमा पारवहनलगायत महत्त्वपूर्ण सहमति र सम्झौता भएको उल्लेख गरे । उनले भ्रमणमा उल्लेख्य सहयोग जुटाउनसमेत सक्षम भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।