0 COMMENTS

प्रतिभा भट्टराई/  पुरुषोत्तम महिना वा अधिकमास मा पर्ने दोस्रो एकादशी लाई परमा एकादशी भनिन्छ। जनावर हरु मध्ये गौ माता श्रेष्ठ भए जस्तै व्रतहरू मा श्रेष्ठ मानिएको एकादशीको व्रत लिई,विष्णु तथा कृष्ण भगवानको सेवा, पूजा ,जप, अर्चना पाठ, भोग,धूप, अखण्ड दीप को प्रयोग गर्दै तुलसीको पनि पूजा सहित बसिने यो व्रत ले निकै श्रद्धा र भक्ति का साथ व्रतका नियमहरूको पालना गरी लिन सके दुर्लभ सिद्धि पनि प्राप्त गर्न सकिन्छ भने आफ्नो शरीरका रोग र पाको उमेरका कारण व्रतको पूर्ण पालना गर्न नसके पनि स्नान, सात्विक भोजन अनि एकादशी माहात्म्य को श्रवण मात्रले पनि शुभ फल प्राप्त गर्न सकिन्छ। प्रत्येक तीन वर्षमा मात्र आउने भएका कारण पनि यो एकादशीको महिमा अधिक नै बताइएको छ।
महाभारत मा भगवान श्री कृष्णले युधिष्ठिरलाई र अर्जुनलाई बताउनु भएको कथा अनुसार काम्पिल्य नगरका अत्यन्त दरिद्र ब्राम्हण सुमेधा र पत्नी पवित्रा ले निकै गरिबीको सामना गर्दै जीवन चलाइरहँदा, परदेश गएर धन आर्जन गर्ने मन् बनाएका आफ्ना पतिलाई, धन, पुत्र अनि सुख सबै आफ्ना पूर्व जन्मको कर्मका आधारमा तय हुने भएका कारण परदेश नजाने सल्लाह दिएकी पवित्रा ले एकदिन कौडिन्य ऋषिको सल्लाह अनुसार यसै परमा एकादशी को व्रत दुवै पति पत्नी ले नियम पूर्वक गरे पश्चात सुख र वैभव प्राप्त गरेका थिए भने धनका देव कुबेर ले पनि यही परमा एकादशी को व्रत विधिपूर्वक बसेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।