0 COMMENTS

काठमाडौं, २६ असोज । सार्वजनिक सवारीले पनि सबै सिटमा यात्रु राख्न पाउने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने निर्णय गरेको । तर भाडा भने पुरानै दरमा लिनुपर्ने जनाइएको छ ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । तर बैठकले उक्त निर्णलाई उल्टाएको छ ।

अन्तरिक हवाई उडानमा पनि सुरुमा हाल्फ याु मात्र बोक्ने निर्णय भएको थियो । तर पछि हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।