0 COMMENTS

प्रतिभा भट्टराई/ प्रत्येक तीन तीन वर्षमा पर्ने अधिकमासलाई मलमास वा पुरुषोत्तम महिनाको नामले पनि चिनिन्छ। गते र महिना अन्य समयको झैं लाग्ने भए पनि तिथिका हिसावले यो तेह्रौं महिना हो। वर्षका केही महिनामा पर्न सक्ने यो समय यसपटक भने असोज महिनाको दुई गते बाट सुरु हुँदैछ।यो अवधिमा विवाह, व्रतबन्ध, गृह प्रवेश तथा नवीन कार्यको थालनी जस्ता माङ्गलिक कार्य हरु गरिँदैन भने, नित्य गरिने पाञ्चायन देवता को पूजाका साथै पुरुषोत्तम भगवानको ३३ नामलेपूजा, पाठ माहात्म्य को श्रवण, जप दीप दान अनि प्रत्येक दिन मालपुवा को भोग र दानको अधिक महत्व र फल बताइएको छ।अधिकमास मा गरिएका शुभकर्म वा धार्मिक कर्महरूको फल पनि अधिक नै हुने भएको ले आफ्नो जीवन मा शान्ति र कल्याणको लागि यो महिनामा हरेक व्यक्तिले आफूले जानेको, सकेको, र भ्याएको सत्कर्महरु गर्नु उचित हुन्छ।
भगवान विष्णु का अति प्रिय भक्त प्रह्लाद का पिता हिरण्यकश्यपुले कठोर तपस्या गरे पश्चात ब्रह्मा जी लाई प्रसन्न तुल्याए पछि अमर हुने वरदान मागेका थिए। तर ब्रह्मा ले अमरता को वरदान दिन नमिल्ने बताए पछि हिरण्य कश्यपुले फेरि , दिनमा अनि रातमा पनि नमरुँ,मानिसबाट तथा जनावरबाट पनि नमरुँ, कुनै हतियार अनि सस्त्र अस्त्रले पनि नमरुँ, जलमा वा थलमा कहीँ पनि नमरुँ अनि बाह्र महिना भरी कुनै पनि महिनामा नमरुँ भनेर वर मागे सँगै ब्रह्मा जीले तथास्तु भनी वरदान दिनु भए पछिआफू अमर नै भए झैं गरी आफ्नो पुत्र प्रल्हाद लाई विष्णुको भक्ति गरेको निहुँमा अनेक जुक्ति लगाएर मार्न खोजे पछि विष्णु भगवानले आफ्नो बालक भक्त, प्रह्लाद को रक्षा गर्न अनि निन्दा कै भावमा भए पनि आफ्नो हरबखत नाम जप्ने हिरण्य कश्यपुको उद्धार गर्न नृसिंह अवतार लिएर साँझ को समयमा, आफ्नो काखमा राखी, नङग्राले चिरेर यही अधिक मास वा १३ औँ महिनामा वध गर्नु भएको थियो।
यसरी अनेक घटना र समय मिलाएर आफ्ना भक्त हरुको रक्षा गर्ने अनिअत्याचारी हरुको संहार गरी उद्धार गर्ने विष्णु भगवानका पुरुषोत्तम महिनामा पूजा गरिने ३३ नाम यसप्रकार छन्।
१)ॐ विष्णवेनम: २)ॐजिष्णवेनम: ३)ॐमहाविष्णवेनम: ४)ॐहरयेनम:
५)ॐकृष्णायनम: ६)ॐअब्जनाभायनम:
७)ॐकेशवायनम: ८)ॐमाधवायनम:
९)ॐरामायनम: १०)ॐमधुसुदनायनम:
११)ॐअच्युतायनम: १२)ॐ पुरुषोत्तमायनम:
१३)ॐगोबिन्दायनम:१४)ॐवामनायनम:
१५)ॐ त्रिविक्रमायनम:१६)ॐसङ्कर्षणायनम:१७)ॐ श्रीकण्ठाय नम१८)ॐबैकुण्ठायनम: १९)ॐनारायणायनम: २०)ॐअनिरुद्धा्यनम:
२१)ॐप्रद्धुमनायनम:२२)ॐजनार्दनायनम:
२३)ॐदामोदरायनम: २४)ॐ श्री पतयेनम:
२५)ॐवासुदेवायनम:२६)ॐनृसिंहायनम:
१७)ॐशेषशायिनेनम:१८)ॐपृश्निगर्भायनम:
१९)ॐउरुक्रमायनम:३०)ॐ श्री धरायनम:
३१)ॐगोपिजनवल्लभायनम:
३२)ॐगोपालायनम:३३)ॐगोलोकाधिपतयेनम:

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।