0 COMMENTS

 प्रतिभा भट्टराई/ श्रावण महिनाको शुक्ल पक्ष मा पर्ने एकादशी लाई पुत्रदा एकादशीको नाम ले जानिन्छ। शुक्ल पक्षको भए पनि र कृष्ण पक्ष को भए पनि एकादशी तिथि विष्णु भगवानको अत्यन्त प्रिय तिथि हो भने विहीवार पनि उत्तम वार भएका कारण यी दुवै को संयोग ले यस्ता दिन लाई अझै विशेष बनाएको हुन्छ। वर्ष भरीमा पर्ने २४ एकादशी हरु मा पुत्रदा एकादशी भने दुई पटक आउने गर्दछ।पुत्रदा एकादशीको व्रत सन्तान नभएका हरु ले सन्तान प्राप्ति को लागि, पुत्र नभएका हरु ले पुत्र प्राप्तिका लागि अनि सन्तान र पुत्र दुवै भएका हरु ले आफ्ना सन्तान हरुको विद्या,बुद्धि, सुरक्षा ,आरोग्य तथा उन्नति प्रगतिको लागि बस्ने गर्दछन। सन्तान हिन हरुले सन्तान नहुँदा भोग्नु परेको पीडा अनि सन्तान भएर पनि सुख भोग गर्न नपाएका व्यक्ति हरुका सन्तान सँग सम्बन्धित सबै खाले समस्या हरु निवारण गर्न का लागि लागि यो व्रत नियम पूर्वक विष्णु लक्ष्मी,तुलसी का साथै वाल गोपाल को पञ्चामृत,पूजा सामाग्री, धूप, दीप, कपूर सेता पहेँला पुष्प, फल आदी ले विधि पुर्याएर पूजा सहित बस्दा सुभ फल दिने वाला छ।

धर्मराज युधिष्ठिरले कृष्ण भगवानलाई यो व्रतको बारे जिज्ञासा राख्दा बताए अनुसार, द्वापर युगको कुनै समयमा अत्यन्त धर्मात्मा राजा जस्ले आफ्ना प्रजा हरुलाई छोरा समान स्नेह दिएर शासन गरेका थिए। जाने बुझेसम्म कुनै प्रकारको अपराध नगर्दा पनि लामो समय सम्म सन्तान को मुख देख्न नपाएका कारण राजा र प्रजा दुवै अत्यन्त दुःखी हुँदै, सम्पूर्ण शास्त्र का ज्ञाता लोमस नामका ऋषिको आश्रममा पुगी आफ्ना समस्या बताए पछि, ऋषिले यो जन्ममा सबै सत् कर्महरू गर्दा गर्दै पनि सन्तानको सुख प्राप्त गर्न नसक्नु को पछाडि भएको कारण खोज्ने क्रममा अघिल्लो जन्मको कुरा बताएका थिए। जस्मा अघिल्लो जन्ममा राजा गरीब व्यापारी भएको र निकै छलकपट द्वारा सम्पति संचित गरेको अनि एकसमय जेठ महिनाको प्रचण्ड गर्मीको बेलामा दुई दिनसम्म भोजन गर्न नपाएको बखत एउटा जलाशय देखे पछी जल पिउन जाँदा पानी पिई रहेकी गाईलाई हटाएकोले पानी पिउन नपाएकी गौ माताको आँशु का कारण राजालाई सन्तान नभएको घटना बताएका थिए।

यसरी उक्त राजाले बाध्यता बस भोजन गर्न नपाएको र उक्त दिन एकादशी परेका कारण अन्जानमै भए पनि व्रत भएकोले सो एकादशीको व्रत को फल स्वरूप राजा हुने अवसर मिलेको र जेठ महिनाको गर्मीमा गाई लाई पानी खान बाट रोकेका कारण सन्तान सुख भने प्राप्त नभएको कुरा ऋषि द्वारा थाहा पाए पछि आफ्ना पिता समान राजाको सन्तान सुखका लागि सम्पूर्ण प्रजा हरु र राजा सहित ले यसै पुत्रदा एकादशीको व्रत वसी समर्थ पुत्र प्राप्त गरेको कथा समेटिएको यो व्रत हरेक गृहस्थिले आफ्नो समय र शरीर को विचार गरेर लिनु राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।