0 COMMENTS

विराटनगर, १५ साउन०७७ । विराटनगरबाट धरान रेफर गरेका कोरोना संक्रमित एक पुरुषको बिहीवार धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएको छ ।

कोशी अस्पताल विराटनगरबाट थप उपचारको लागि धरान रेफर गरिएका मोरङको सुनबर्षी नगरपालिका वडा नं. ८ का ४५ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । विराटनगरबाट आएका उनी सिकिस्त अवस्थामा वीपी आइपुगेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकरी दिनुभयो ।

उहाँले विराटनगरबाट विरामी पठाउदा कुनै समन्वय नगरी पठाएको हुनाले अस्पताल भर्ना गर्न समस्या भएका बताउनु भयो । उहाँले सिकिस्त अवस्थाका पुरुषलाई भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको जानकारी दिनु भयो ।

उनलाई कोशी अस्पतालको आइसोलसनमा उपचार सम्भव नभए पछि धरान पठाइएको थियो । मंगलबार कोशी अस्पतालमा भर्ना हुन आएका ती पुरुषलाई कोशी अस्पतालको आइसोलेसनमा उपचार पछि उपचार सम्भव नभएका कारण धरान रेफर गरिएको कोशी अस्पतालले जनाएको छ । उनी १० दिन अगाडि भारतबाट आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।