0 COMMENTS

वि.सं.२०७७ साल जेठ ०७ गते । बुधबार । ईश्वी सन् २०२० मे २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– त्रयोदशी,३६ घडी ५० पला,बेलुकी ०७ बजेर ५८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– अश्विनी,४४ घडी ५३ पला,बेलुकी ११ बजेर १२ मिनेट उप्रान्त भरुणी । योग– आयुष्मान,०२ घडी ४१ पला,बिहान ०६ बजेर १९ मिनेट उप्रान्त सौभाग्य । करण– गर,बिहान ०७ बजेर ०१मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर ५८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा– मृत्यू योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ५३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । सुन्दर तथा विलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा विशेष उपाहार प्राप्तिको योग रहेकोछ । तरपनि समय अनुकुल नरहेकोले यात्रा भरसक नगर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । काम गर्दा निति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नाले आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नीबीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाइको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरु पूरा हुनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा समय दिई आफ्नो विद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथीभाइहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुनेछन् । तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। प्रयत्न गर्दा धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्न सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनिहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरु तपाईदेखि टाडिन सक्छन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा प्रविधिको प्रयोग गरि भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसी रहनेछन् । पारिवारका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नीबीच मनमुटाव बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घरायसि समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग मनमुटाव हुँदा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनितिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केही समय कुर्नुनै पर्नेछ । तरपनि कृषि तथा सहकारि व्यावासायमा भने मनग्गे आम्दानी हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवारका साथ जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहायोग हुने हुदा मन खुसी रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि उद्योग तथा व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बोल्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा इष्टमित्रसँग मनमुटाव बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लाने तथा अनाबस्यक ठाउमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।