0 COMMENTS

काठमाडौं ०६जे०७७/प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् ।प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको बताए ।

‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उनले भने ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’

प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिए । ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नुु पनि अनौठाने होइन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।