0 COMMENTS

 काठमाण्डाै११चैत्र०७६/ नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु सहित मनाउने गरिएको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिड-19) को जोखिमलाई मध्येनजर गरि यस वर्षको सो समारोह स्थगित गरिएको छ ।

नेपाली सेनाले परम्परालाई कायम राख्‍ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने योजना गरिएतापनि यस वर्षको घोडेजात्रा समारोह कोरोना भाईरस (कोभिड-19) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि नेपाल सरकारद्वारा मिति २०७६ चैत्र १० गते सो को रोकथाम
र निर्मुल गर्न लिइएको निर्णय बमोजिम सो समारोह स्थगित गरिएको छ । साथै सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेबी भण्डारीले पठाउनु भएको शुभकामना सन्देश लगायत घोडेजात्राको प्रारम्भिक अभ्यासको दौरान छायाँकन गरिएको गतिविधी समेटी तयार गरिएको कार्यक्रम नेपाल टेलिभिजनबाट दिउसाे ३ बजेको समाचार पछि प्रशारण गर्न गर्दै छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।