0 COMMENTS

नवलपुर, ११ चैत०७६/कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले  नवलपुरको गैँडाकोट नगरपालिका–१ ले वडावासीको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ।

बैंक तथा वित्तीय संस्थामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बढी भीडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण हुने त्रासले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याइएको वडाध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभयो । विश्वभर फैलिएको कोरोना भाइरस ज्येष्ठ नागरिकमा चाँडो सङ्क्रमण हुने तथ्य बाहिरिएकाले बैंकमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा जनप्रतिनिधिमार्फत घरमा पुगेर वितरण गरिएको सापकोटाको भनाइ छ ।

वडा कार्यालयले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलासहित एक सय जनालाई घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको वडा सचिव पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो । सेवाग्राहीको घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको कामलाई निरन्ततरता दिइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।