0 COMMENTS

धरान,१५ मंसिर २०७६,/ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख (मेयर) पदका लागि भएको उपनिर्वाचनअन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले १९ हजार ८ सय २७ मत प्राप्त गरेका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार प्रकाश राई १९ हजार १ सय २० मतका साथ कांग्रेसका दोस्रो स्थानमा छन् ।

जसअनुसार अहिलेसम्म नेकपाका उम्मेदवार कांग्रेसका उम्मेदवार भन्दा ७ सय ७ मतले पछाडि छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार अहिलेसम्म धरान उपमहानगरपालिकाको १२, १४, १४, १६, १७, १८, १९ र २० नम्बर वडाको मतगणना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।