0 COMMENTS

पोखरा,मंसिर १५, २०७६–कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्र्तगत ३७ हजार १ सय ३२ मत गणना सकिएको छ । पछिल्लो परिणाम अनुसार नेकपा उम्मेदवार विद्या भट्टराई र काँग्रेस उम्मेदवार खेमराज पौडेलबीचको मतान्तर ८ हजार ५ सय ३६ रहेको छ । मत गणनाको परिणाम हेर्दा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी नजिक पुगेकी छन् ।

भट्टराई ८ वटा वडाको ३७ हजार १ सय मत गणना भइसक्दा २० हजार ७ सय ७९ मत प्राप्त गर्दै विजयको नजिक पुगेकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमराज पौडेलले १२ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।

अब वडा नम्बर ४, ७ र ८ को ८ हजार ४ सय ६३ मत गन्न बाँकी छ । मतगणना हुन बाँकी मत भन्दा बढी मत भट्टराईले पाइसकेकी छन् । यसले पनि उनको जित सुनिश्चित जस्तै देखिएको छ । नेकपाकी उम्मेदवार भट्टराईको अहिलेको मतान्तरनै ८ हजार ५ सय ३६ मतान्तर छ ।

यस वाहेक अहिलेसम्म समाजवादीको १ हजार ५०३, साझा पार्टीका उम्मेदवराले ६२६ र राप्रपाका उम्मेदवारले १०६० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।