0 COMMENTS

काठमाडौं, असोज २४ /नेपालमा हुन गइरहेको चिनियाँ राष्ट्रपति जिनपिङको भ्रमणमा तिब्बती शरणार्थी मुख्य सुरक्षा चुनौतीका रुपमा रहेका छन् ।सी को सुरक्षालाई केन्द्रित गर्दै प्रहरीले १२ जना तिब्बती शरणार्थीलाई पक्राउ गरिसकेको जनाएको छ । प्रहरीले अहिले स्वतन्त्र तिब्बत सम्बन्धी प्रदर्शन गर्न सक्ने आशंका तिब्बती शरणार्थिमाथि निगरानी बढाएको छ ।

विहीबार साँझ मात्रै प्रहरीले स्वयम्भू र बौद्धबाट दुई जनालाई पक्राउ गरेको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए । बौद्धबाट ‘फ्री तिब्बत’ लेखिएका झोला बोकेर हिँडेका दुई जना महिला पक्राउ परेका हुन् ।

विगतमा स्वतन्त्र तिब्बतको गतिविधिमा लागेकाहरुमाथि पनि प्रहरीले निरानी बनाएको जनाएको छ ।

चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणका क्रममा चढ्ने गाडी चीनबाटै ल्याइएको छ । मंगलबार विशेष विमानमार्फत तीनवटा बुलेटप्रुफ गाडी काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।