0 COMMENTS

वि.सं. २०७६ आश्विन २४ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अक्टोबर ११ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : शुक्र प्रदोष व्रत, अर्घाखाँची सराय पर्व, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) त्रयोदशी तिथि, बेलुका ०९:५९ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, पूर्वाभाद्रा नक्षत्र, भोलि बिहान ०५:५८ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, मध्यरात्रीपूर्व ११:१९ बजेसम्म, त्यसपछि मीन राशिमा, बृद्धि योग, मध्यरात्रीपछि ०५:२२ बजेसम्म, त्यसपछि ध्रुव योग, सुरुमा कौलव करण बिहान ०८:५६ बजेसम्म, त्यसपछि तैतिल करण बेलुका ०९:५९ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०६:०१ बजे, सूर्यास्त : साँझ ०५:३८ बजे, दिनमान : २९ घडी ०२ पला (११ घण्टा ३७ मिनेट, रात्रीमान : ३० घडी ५८ पला (१२ घण्टा २३ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –हाँसखेल र मनोरञ्जनका लागि समय निकाल्न सकिंदैन । नियमित भोजनको अनुकूलता मिल्दैन् । अरुले तपार्इंका क्रियाकलापको चियोचर्चो गर्नेछन् । बोल्दा ख्याल गर्नुहोला, गतल सन्देश जानसक्छ । पापबुद्धि र भ्रष्टमतिको उदय हुनाले बढुवा वा जिम्मेवारीका अवसर गुम्न सक्छन्, सचेत रहनु बेस । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले गर्नै पर्ने र विशेष काममा बाधा पुग्नसक्छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले असर पार्नसक्छ । साँझपख अझ प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आज कर्मसिद्धिको समय आएको छ । समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । मातापिता र अभिभावकको आशीर्वादले काम गर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आज परिश्रम गरेभन्दा राम्रो परिणाम आउन सक्ने भाग्यमा चन्द्रमा भएको दिन हो । अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । सामाजिक र परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्ने छ । दाजुभाइ र बन्धुबान्धवको सद्भाव र सहयोग प्राप्त हुनेछ । कामको दायित्व थपिने सम्भावना छ । कर्मप्रतिको समर्पणभाव बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज थोरै बोलेको जाति हुन्छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ । आफैंले गरेको सानो त्रुटिका कारण कारण अपजस ब्यहोर्ने दिन छ, त्यसैले सावधान, संयम र सचेत भई काममा मन लगाउनु उचित हुनेछ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि घरायसी मामिला र प्रेमसम्बन्धका दृष्टिले कमजोर दिन छ । मानप्रतिष्ठा र उन्नति/प्रगतिका लागि दौडधूप गरिने छ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले हाँके/ताकेका काममा सफलता मिल्नेछ । आम्दानीमा कमी त हुने छैन, तर पारिवारिक जीवनमा निरसता आउने सम्भावना छ । परिवारजनका भावनालाई समेटेर अघि बढ्नु र प्रेमजीवनलाई सन्तुलनमा राख्ने प्रयास गर्नु राम्रो हुनेछ । मनोरञ्जन र खेलवाडले कर्मक्षेत्रमा प्रभाव पार्नसक्छ, सचेत भई आहारविहारमा समेत ध्यान दिनु राम्रो हुन्छ, स्वास्थ्यमा बाधा पुग्ने सङ्केत पनि छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुनेछ । घरायसी र प्रेमसम्बन्धमा देखिएका तनाव र समस्याको अन्त्य हुुने सङ्केत छ, जीवनसाथी र प्रेयसीसितको दूरीमा क्रमशः कमी आउने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –चौथो चन्द्रमाका कारण सुरुमा मनमा डर र निराशाको अनुभूति गराउन सक्छ, तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –समाजमा सम्मानित र चर्चित व्यक्तिहरूको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –सामाजिक काममा संलग्न भएर व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । बन्दव्यापारमा राम्रै छ । चेलीेबेटी र कुटुम्बका काममा सहयोग गर्नु पर्नेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ । बोलीवचनमा सुमधुरता आउने छ, नचिताएको ठाउँमा बोली बिक्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –विदेशयात्राको योजनामा हुनुहुन्छ भने काम थाल्न आजको दिन अनुकूल हुनेछ । बाह्रौं चन्द्रमा भएकाले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।