0 COMMENTS

काठमाण्डाै१७असाेज/ नौरथा को छैटौं दिन पुजिने देवी माता कात्यायिनी हुन्। कुनै समय महर्षि कात्यायन को लामो समय सम्म को कठोर तपस्या बाट प्रसन्न भई उनकै पुत्री भएर जन्मिएकी कात्यायिनी भगवतीको प्रथम पूजा आराधना पनि ऋषि कात्यायन ले नै गरेका थिए।

चार भूजा भएकी र एक हातमा कमल पुष्प र अर्को हातमा तरबार लिई आशीर्वाद मुद्रा मा सिंह माथि सवार हुनेमाता कात्यायिनी समस्त व्रज मण्डल की अधिष्ठात्री देवी पनि हुन्। जसलाई गोपिनी हरुले कृष्ण लाई पति रूपमा पाउनको लागि कालिन्दी नदीको तटमा बसी धेरै वर्ष सम्म आराधना गरेका थिए। त्यसैले आज पनि उमेर पुगेकी कन्याको विवाह मा कुनै बाधा अवरोध आइपरे यिनै माता कात्यायिनी को पूजा अर्चना गर्ने गरिन्छ।पहेला वस्तु तथा पुष्प अर्पण गर्दा खुसी हुने माता लाई नैवेद्य मा मह चढाउँदा सुन्दरता बढ्ने विश्वास गरिए पनि मौसम अनुसार का फल तथा पक्वान्न चीज को पनि भोग लगाइन्छ। यसरीधूप, दीप,नैवेद्य,सौभाग्य का सामान सहित भक्ति साथ माता को उपासना ले शत्रु नाश हुने, वैवाहिक जीवन सफल हुने र सजिलै धर्म, अर्थ, काम मोक्ष प्राप्त गर्न सकिने जनविश्वास रहिआएको छ।प्रस्तुतीःप्रतिभा भट्टराइ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।