0 COMMENTS

 अाज विजया दशमीको पाँचौं दिन पुजिने देवी स्कन्दमाता हुन्। कार्तिकेय कुमार लाइ सनदकुमार तथा स्कन्द कुमार पनि भनिन्छ उनैकी माता भएकी ले स्कन्दमाताको नामले परिचित भगवती, शान्त, सौम्य र ममतामयी रूपमा, सौर्य मण्डलकी अधिष्ठात्री देवी कमलको फूलमा पनि विराजमान हुन्छिन। चार भूजा भएकी र सिंह वाहन भएकी देवी स्कन्दमाता काे दुई हातमा कमल पुष्प छन् त एक हात ले आफ्नो पुत्र कुमारलाई सहारा दिएकी छिन् भने एक हातले आफ्ना सच्चा भक्तलाई आशीर्वाद दिईरहेकी प्रतीत हुन्छिन।

सन्तान प्राप्ति, तथा सन्तान बाट सन्तोष का साथै अटल सौभाग्य को चाहना गर्ने भक्तहरूले माताको उपासना निकै श्रद्धा,भक्ति का साथ श्रृङ्गारका सामाग्री हरू तथा केरा को नैवेद्य अर्पण गरी गर्ने गर्दछन। त्यस्तै मनोकामना पूर्ण गर्न, बिग्रिएका सम्बन्ध हरू सुमधुर बनाउन तथा मोक्ष प्राप्ति का लागि पनि माताको उपासना गर्नु मानव जीवनको लागि उचित मानिन्छ।प्रस्ताेताःप्रतिभा भट्टराइ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।