0 COMMENTS

बासुदेव सेढाइ,०८असाेज/  राष्ट्रकवि माधब प्रशाद घिमिरे सय बर्ष पूरा गरि एकसय एक बर्ष प्रवेश गर्नुभएको सुखद अवसरमा राष्ट्रिय ब्यक्तित्व देशकै गाैरब गर्न लायक ब्यक्तित्व सम्पूर्ण नेपाली नागरिक हरु उहाँले मुलुक प्रति गर्नुभएको याेगदानकाे उच्च मुल्यांकन गर्दै सु- स्वास्थ्य र दिर्घायुकाे कामना गरि जन्मदिनको संझना गरेका छन् । जन्मदिनमा बृक्षराेपण अभियानका अभियान्ता हरु संग जन्मदिनको अवसरमा काठमाडौंकाे लैनचाैर स्थित अाफ्नै निवास परिसरमा रुद्राक्षकाे विरुवा राेपेर राष्ट्रकबिले अभियान प्रति समर्थन जनाउनु भएको हाे ।

वातावरण सन्तुलन, नेपाली माैलिकताकाे संरक्षण , सुशासन सदाचार असल अाचरण लाई प्राेत्साहन र मानव जातीमा शान्ति एकता सद्भावकाे कामना गरेर लमजुङ बाट सुरु भएको अभियानले मुलुकमा राम्रो सन्देश दिने भन्दै राष्ट्रकबिले अभियानकाे प्रसंशा गर्नुभयो । लमजुङ बाट सुरुभएकाे अभियान देशभर फैलिन सकाेस् भन्दै शुभेच्छा ब्यक्त गर्नुभयो । जन्मदिनकाे अवसर पारेर बृक्षराेपण कार्यक्रममा राष्ट्रकवि लाई सरिक गराउन पाएकाेमा अभियान्ता हरुले खुसि ब्यक्त गर्नुभयो । साहित्यकार यबं समाजसेवी ब्यक्तित्व ज्ञानसालि पन्तले जन्मदिनमा बृक्षराेपण सम्बन्धि कबिता राष्ट्रकवि लाई सुनाउदा उहाँ अत्यन्तै खुसि हुनुभयो । बृक्षराेपण कार्यक्रममा एभिन्युज टेलिभिजन परिवारकाे पनि उपस्थिति थियोे ।

लमजुङ बाट सुरु भएको महत्त्वपूर्ण अभियानमा टेलिभिजनकाे पनि साथ सहयोग र समर्थन रहने प्रतिबद्धता रहेको थियो । बृक्षराेपण कार्यक्रममा सामाजिक काममा सक्रिय ब्यक्तित्व हरु अग्रगामी साेच बिचारका धनि समाजकाे सकारात्मक सुधारमा लागि रहने साहित्यकार यबं समाजसेवी ज्ञानसालि पन्त, बिबेकशिल नेपाली पार्टीका केन्द्रीय सदस्य रमेश चिलुवाल ,सामाजिक न्याय अभियानमा अभियान्ता यबं अधिवक्ता सुदर्शन जाेशि , सामाजिक यबं ब्यावशाहिक ब्यक्तित्व दिपक बराल , चिति काठमाडौं सेढाई समाजका सदस्य प्रकाश बाबू सेढाई , रघुनाथ बराल लगाएतकाे उपस्थिति थियोे । जन्मदिनमा बृक्षराेपण अभियानकाे तर्फबाट राष्ट्रकवि लाई सु स्वास्थ्य र दिर्घायुकाे कामना सहीत दाेसल्ला अाेडाएर सम्मान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।