0 COMMENTS

काठमाडौं, भदौ ३१,सरकारले मेलम्ची खानेपानीका ठेकेदार कम्पनीसंग ६ महिनाभित्र काठमाडौंमा पानी झारे १० प्रतिशत बोनस दिने सम्झौता गर्ने भएको छ ।

पानी छिटो पर्याउन ठेकेदार कम्पनी हेडवक्रस र सुरुङ फिनिसिङको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोसंग बोनस सम्झौता गर्न लागेको हो । नयाँ पत्रिकामा खबर छ ।

सरकारले चालु आर्थिक वर्ष भित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने नीति तथा कार्यक्रममै राखेको हुँदा जतिसक्दो चाँडो पानी ल्याउने योजनामा सरकार रहेको आयोजनाका प्रमुख सुर्यराज कडेलले बताए । पानी ल्याउन सरकारले सिनो हाइड्रपावर कम्पनीलाई १० महिनाको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।