0 COMMENTS

काठमाडौँ । विमानभित्रका उत्तेजित समूहका कारण पनि गत शनिबार नेपालगञ्जदेखि काठमाडौँको उडानमा ढिलाइ हुनपुगेको बुद्ध एयरलाइन्सले स्पष्ट पारेको छ ।

कम्पनीले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एक पत्र लेख्दै उत्तेजित समूहले विमानभित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई चार/पाँच मिनेटसम्म आक्रोश पोख्न थालेपछि उक्त समूहलाई साम्य बनाएर विमानको सिटमा बस्न आग्रह गर्दा उडानमा अझ ढिलाइ हुन पुगेको जनाएको छ ।

यसरी विमानभित्रै एकैचोटि चढेर एकै ठाउँमा उभिएर आक्रोश पोख्दा विमानको एकै भागमा धेरै वजन भएकाले विमानसमेत ढल्किएको कम्पनीले पत्रमा उल्लेख गरेको छ । मन्त्री भट्टराई विमान प्रवेश गर्नुअघि नै ६ बजेर ४० मिनेटमा विमान परिचारिकाको आग्रहविपरीत १४-१५ जनाको समूह आक्रोशित भई विमान बाहिर निस्किएको पनि बुद्ध एयरले जनाएको छ ।

त्यसरी बाहिर निस्किएको समूहले कम्पनीका कर्मचारीसँग वादविवाद गरेको र ६ बजेर ५० मिनेटमा मन्त्री विमानतर्फ आउँदा थप आक्रोशित भई एकैपटक विमानभित्र प्रवेश गरेको उल्लेख छ । उक्त समूहले विमानभित्रै मन्त्रीलाई आक्रोशित भएर प्रश्न गरे पनि मन्त्री संयमित हुँदै चुपचाप विमानमा बस्नुभएको कम्पनीले स्पष्ट पारेको छ ।

गत शनिबार बुद्ध एयरको उडान नम्बर बीएचए ४०६ नेपालगञ्जबाट काठमाडौँ उडान गर्दा केही समय ढिलाइ भएपछि अहिले त्यसको चर्चा चुलिएको छ । बुद्ध एयरले काठमाडौँबाट नेपालगञ्ज उडान गर्दा नै २३ मिनेट ढिलाइ भई ६ बजेर २ मिनेटमा नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको जनाएको खबर गाेरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।