0 COMMENTS

काठमाडौं । नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतममा पनि डेंगु संक्रमणको शंका गरिएको छ।

सोमबारबाट उनमा ज्वराे देखापरेपछि टेकु अस्पताल पुगेका गौतमको परीक्षणपछि चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन्। उपचारमा रहेका प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर पुगेका गौतमलाई सिंगापुरमा फैलिएको डेंगु सरेको हुनसक्ने चिकित्सकले आशंका गरेका छन् ।

नेपालका अधिकांश भूभागमा फैलिएको डेंगुले विशिष्ट तथा उच्च ओहोदाका ब्यक्तीहरुसमेत एकपछि अर्को गर्दै आक्रान्त बनेका छन् । यसअघि कृषिमन्त्री चक्रपाणी खनाल र वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतमा पनि डेंगु रोग देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।