0 COMMENTS

काठमाण्डौँ, असार १३/सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन् ।

त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यस्ता ऋण सरकारले तिरिदिने उनले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।