0 COMMENTS

प्रतिभा भट्टराइ।  २०७६ /३/१० मंगलबारतारकेश्वरमा देवानी तथा फौजदारी ऐन र लैंगिक उत्तरदायी सम्बन्धी ५ दिने तालिम शुरू भएकाे छ । तारकेश्वर नगरपालिकाको वडा नं ४ बाट विनियोजित तथा महिला मूल समूह र मनकामना महिला समुह द्वारा आयोजित, आफ्ना क्षेत्र का महिला दिदीबहिनी हरुलाई गत भदौ १ गते देखि लागु भएको देवानी तथा फौजदारी ऐन र त्यसमा समेटिएका महिला हक हित र अधिकारका बारे, तथाकुनै पनि व्यक्तिले जो कसैलाई गर्ने के कस्ता व्यवहार हरु हिंसा हुन् र त्यसको प्रतिकारका लागि आफूले गर्न सकिने काम कर्तव्य के कस्ता हुन सक्छन भन्ने जानकारी गराउने उदेश्यले आयोजित ५ दिने तालिमको उदघाटन तारकेश्वर नगरपालिका उप प्रमुख भवानी डोटेल काे प्रमुख आतिथ्य मा सम्पन्न गरियो।

समाजमा रहेका कुनै पनि वर्ग पीडित हुनु हुँदैन तर समय परिवर्तन सँगै संख्यामा कम बेसी भए पनि सबै वर्ग प्राय हिंसा झेलिरहेको देखिने अहिलेको अवस्थामा नयाँ नियम प्रति सबैमा चेतना हुनु पर्ने र जो कसैले पनि अज्ञान बस गरेका भूल भए पनि कानुनले क्षमा नगर्ने भएको हुँदा तालिममा सार्थक सहभागिता हुनु पर्ने र सिकेका कुराहरू लाई आफ्नो घर परिवार टोल छिमेक अनि समुहमा बुझाउन सक्नु पर्ने कुरा विशेष अतिथि वडा अध्यक्ष नरेन्द्र दास श्रेष्ठ ले बताउनु भयो भने महिला जन प्रतिनिधि बिन्दु थापा ले समयको उपज स्वरूप आएको स्वतन्त्रता का कुरा हरूले आजका मानिसहरूमा माया ममता, आफ्नो पन, र गर्नु पर्ने मानसम्मानमा आएको कमीका कारण मानिसहरु पीडामा पर्न सक्ने र यस्ता कार्यक्रम हरूले ती लच्छित वर्ग लाई समेट्नु पर्ने कुरा बताउनु भयो।

त्यस्तै गरी अतिथि सरिता गौतमले महिला हरुका हक हित र अधिकार निकै आवाज उठाए पश्चात प्राप्त गरिएको ले यस्को प्रयोग अर्थपूर्ण हुनु पर्ने कुरा पनि बताउनु भयो मूल महिला समूहकी अध्यक्ष राधिका महर्जनको सभा अध्यक्षता मा सम्पन्न गरिएको यो कार्यक्रम मा वडा का प्राय सबै समुहका प्रतिनिधि हरुको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।