0 COMMENTS

काठमाडौँ, असार ११/देशका अधिकांश क्षेत्रको मौसम आज सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले मञ्जु बासीले बताउनुभएको छ ।

पूर्व र मध्य क्षेत्रमा मनसुन सक्रिय छ भने पश्चिमका क्षेत्रमा अझै पनि पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन पुगे पनि सक्रिय हुन सकेको छैन । अबका केही दिनमा बिस्तारै पानी पर्ने क्रम बढ्दै जाने मौसमविद बासीले बताउनुभयो ।

यस्तै देशका विभिन्न स्थानमा बुधबार पनि चट्याङ्ग पर्न सक्ने मौसमविदले बताएका छन् । देशका पश्चिम र मध्य क्षेत्रमा चट्याङ्ग पर्ने सम्भावना बढी रहेकाले सचेत रहन मौसमविदले आग्रह गरेका छन् । पूर्वका क्षेत्रमा पनि चट्याङ्गको सम्भाना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।