0 COMMENTS

काठमाडौँ, असार १०/देशभरको मौसम आज दिनभरजसो आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

पूर्वका अधिकांश क्षेत्रमा भने सामान्य बदलीको सम्भावना छ । पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै मध्य र पश्चिमका थोरै भूभागमा पानी पर्ने सम्भावना छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहान मौसम केही खुलेको जस्तो छ ।

दिनभर नै बदली हुने र खुल्ने क्रम जारी रहने मौसमविदले बताएका छन् । पाँच दिनअघि भित्रएको मनसुन देशका सबै क्षेत्रमा फैलिएको छ । तर लगातारको झरी पर्ने गरी मनसुनी गतिविधि सक्रिय भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।