0 COMMENTS

काठमाडौं, असार १०/नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण विहानैदेखि जनजीवन प्रभावित बनेको छ ।
बन्द आह्वानका कारण काठमाडौंलगायत देशभर बिहानैबाट सुनसान छ । मुख्य राजमार्ग तथा अन्य सडकहरुमा समेत गाडीको संख्यामा उल्लेख्य कमी आएको छ ।

देशैभरका शैक्षिक संस्थाका विहानी सत्रका कक्षाहरु सुचारु हुन सकेनन् । त्यस्तै उद्योग, कलकारखाना, लगायत क्षेत्र पनि बन्द छ । काठमाडौँका सडक पनि सुनसान छन् । दुघ, एम्बुलेन्स, दकमलसहित प्रेसका गाडी बाहेक अरु सावरी साधन चल्न सकेका छैनन् ।गत असार ५ गते नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको प्रहरीले गरेको हत्याको विरोधमा नेकपाले आज नेपाल बन्दका आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।