0 COMMENTS

बासुदेव सेढाइ,२९जेष्ठ/  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सम्पूर्ण नेपाली जनता लाई राजनीतिक दलकाे कार्यकर्ता बन्न छाडेर मुलुककाे जिम्मेवार नागरिक बन्न अपिल गरे।

मेचीमहाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा लमजुङको बेसीशहरमा अायाेजित अाम सभालाई सम्बाेधन गर्दै थापाले यस्तो बताएका हुन् । मुलुक धार्मिक ,साँस्कृतिक, भाैगाेलिक लगाएतका सबै क्षेत्र बाट चाैतर्फि अाक्रमणमा परेकोले त्यस बिरुद्ध लड्न सम्पूर्ण नागरिक एकजुट हुनुपर्ने अवस्था अाएकाे बताए । निषेधकाे राजनीतिकाे अन्त्य गरेर राजा देखि बिप्लब सम्म अटाउन सक्ने सहमतिकाे राजनीतिले मात्रै मुलुकमा रहेका समस्या समाधान गर्ने उनकाे तर्क थियाे । जनता लाई मालिक बनाउन भनेर राजतन्त्र पाखा लगाएर ल्याईएकाे व्यवस्थामा जनता मालिक बन्न सके वा सकेनन् अात्म समिक्षा गर्ने बेला अाएकाे बताए । धार्मिक स्वतन्त्रता सहितकाे सनातन हिन्दुराज्य कायम हुनुपर्ने,नियाेजित संगठित रुपमा भएको धर्म परिवर्तन राेकिनुपर्ने , मुलुकमा रहेको गरिबी बेरोजगारी बलात्कार भ्रष्टाचार अन्त्य हुनुपर्ने मुख्य एजेन्डाकाे बारेमा जानकारी गराएर अाम नागरिक हरुलाई जागरुक बनाउन राष्ट्रिय स्वाभिमान यात्रा गरिएको स्पष्ट पारे ।

अाम नागरिक महंगिकाे मारमा छन् , स्वदेशमा राेजगार नपाएर बिदेश जानेहरुकाे संख्या बढेको छ , सेवा र सुभिदा नभए पनि जनतालाई करकाे भार थाेपरिएकाे छ , देशकाे माैलिकता समाप्त हुदै गएको छ , भ्रष्टाचारले देश अाक्रान्त छ याे कस्तो अामुल परिवर्तन हाे थापाकाे प्रश्न थियोे । जनयुद्धमा बन्दुक बाेक्नेहरु अाज खाडीमा पुगे तर बन्दुक बाेकाउने अरबपति भए कसरी ? संसारमै सबैभन्दा छिटो धर्म परिवर्तन भएको देश नेपाल यसले धार्मिक द्वन्द्व निम्त्याउन सक्छ त्यसैले स्वधर्म रक्षाकाे लागि जस्तोसुकै मुल्य चुकाउन नागरिक तयार रहनुपर्नेछ । धार्मिक स्वतन्त्रता सहितको बिश्वकाे एकमात्र हिन्दुराज्य नेपाल बनाई छाड्ने थापाको अठाेट थियोे । अाफ्नाे बिराेध कुनै धर्मको , कुनै ब्यक्तिकाे र सरकारकाे नभएकोले यसलाई सकारात्मक रुपमा लिन अाग्रह गरे । कार्यक्रममा ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्धालय बेसीशहर साखाकि संचालिका राधा दिदी रा. प्र. पा. बरिस्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,गण्डकी प्रदेश प्रमुख लगाएत केन्द्रीय नेता जिल्लास्तरका नेताहरूले पनि अाफ्नाे धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।