0 COMMENTS

काठमाडौं२९जेष्ठ/ नेपाल पत्रकार महांघले गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

महासंघले मंगलबार यही असार ३ गते देखि असार ३० असारसम्म विविध कार्यक्रम गर्ने गरी आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार तेस्रो चरणमा प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियानदेखि सिठ्ठी जुलुस र पे्रस स्वतन्त्रता सभा आयोजना गर्ने कार्यक्रम छन् ।

मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने भएको भन्दै महासंघले यसलाई फिर्ता लिएर सरोकारवालासँग छलफल गरेर समस्याको समाधान गर्न समेत सरकारलाई आग्रह गरेको छ ।प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता नभएसम्म थप सशक्त आन्दोलन जारी राख्ने निर्णय महासंघको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।