0 COMMENTS

धरान२०जेष्ठ/ धरानमा स्कुटर दुर्घटना हुँदा एक युवतीको घटनास्थलमै मृत्यु भएकाे छ । सोमबार बेलुका धरान–८ स्थित विश्वकर्मा मन्दिर छेउमा दुर्घटना हुँदा एक युवतीको घटनास्थलमा नै मृत्यु भएको हाे । मारेकटहरे धनकुटा घर भएकी २५ वर्षिय कविता तुम्बाको मृत्यु भएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरी पोष्टले जानकारी दिएको छ । को २६ प ८५१ नं. को स्कुटीमा इटहरीबाट धरान आउदै गरेकी तुम्बा सडकमा रोकेर राखिएको ना ६ ख ४३४५ नं. को ट्रकको पछाडी छिरेकी थिइन् ।

स्थानीयका अनुसार ट्रकमा डिजेल सकिएपछि त्यतिकै रोकेर राखिएको थियो भने ट्रकको पछाडी भागमा लाइट रिफ्क्टर समेत नभएको र इण्डिकेटर समेत नबाली सडकमा नै पार्क गरि राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।