0 COMMENTS

काठमाडौं२०जेष्ठ/ नेत्रविक्रम चन्द नेतृत्वका विप्लव समूहले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा भन्ने समाचार आए संगै काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको छ । गतराती हातहतियार सहित प्रहरी चौकी नियन्त्रणमा लिने प्रयास गरेको भन्ने समाचार आए संगै सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली पठाइएको हो ।

अाजै  प्रहरी चौकीमा आक्रमण प्रयास र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको विषयलाइ लीएर गृहमन्त्री रामबहादुर थापाले सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक डाकेका हुन्।

बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी प्रमुख तथा गृहका उच्च अधिकारीहरू छन्। गृहले यसलाई ‘नियमित बैठक’ भनेको छ। गृह स्रोतका अनुसार विप्लव माओवादीबाट त्यहाँ हुनसक्ने सम्भावित गतिविधि रोक्न रणनीति बनाउने उद्देश्यले बैठक डाकिएको हो।

सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षक शालिकराम शर्माको टोली छेस्का पुगिसकेको छ। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको प्रहरी चौकी खाली गराइसकिएको छ। त्यहाँका प्रहरीलाई आइतबार राति नै सुरक्षित स्थानमा सारिएको छ।

पाँच सात जना मान्छेहरु आएका हुन् : गाउँपालिका अध्यक्ष
महाकुलुङ गाउँपालिका–३ का अध्यक्ष सागर किरातीका अनुसार राति ५/७ जनाको संख्यामा रहेका केही मान्छे चौकीमा आएको भए पनि नाम्चे हिडेको भन्दै गएको बताउनु भएको छ । उहाँले भन्नुभयो ठुलो संख्यामा आएको र चौकी कब्जामा नै लिने प्रयास भन्ने कुरा थाहा भएन तर ५/ ७ जनाको समूह आएका मानिसहरू आएको थिए तर उनीहरु नाम्चे जान भनि हिडे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।